अन्नपूर्ण हिमपहिरो : ३५ जना नेपाली सम्पर्कमा - Nepal Talk
श्रावण २९ गते, २०७७

अन्नपूर्ण हिमपहिरो : ३५ जना नेपाली सम्पर्कमा

पटक हेरिएको

काठमाडौं । अन्नपूर्ण पदमार्ग क्षेत्रमा आएको भारी हिमपात र हिमपहिरोका कारण अलपत्र परेका पर्यटक तथा नेपाली सहयोगीमध्ये ३५ जना नेपाली सहयोगी सम्पर्कमा आएका छन् ।

अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवरका अनुसार ३५ जना नेपाली माछापुच्छ्रे वेसक्याम्पमा सुरक्षित अवस्थामा रहेका छन् । शनिबार ११० जना विदेशीलाई सुरक्षित रुपमा पोखरा ल्याइएको समेत उनले जानकारी दिए ।

आइतबार समेत उद्दार टोलीहरु पुगेको तर प्रतिकूल मौसमका कारण उद्दार कठिन भएको उनले जानकारी दिएका छन् । उनका अनुसार शुक्रबारबाटै हराएका चार कोरियाली र तीन जना नेपाली भने सम्पर्कमा आएका छैनन् ।

अन्नपूर्ण आधार शिविर जाने बाटोमा हिमपहिरो गएपछि पदयात्रा प्रभावित भएको हो । ‘आज पनि हामी उद्दारको काम जारी राख्छौं,’ अध्यक्ष कुँवरले भने ।

Loading...

प्रतिकृया लेख्नुहोस्: