जेष्ठ ९ गते, २०७६

थाइल्याण्डका एघार दलद्धारा वर्तमान प्रधानमन्त्रीलाई समर्थन

पटक हेरिएको

बैङ्कक । थाइल्याण्डका वर्तमान प्रधानमन्त्री प्रत्युत चान ओ चानलाई फेरी प्रधानमन्त्री बन्नका लागि समर्थन गरेका छन्। थाइल्याण्डमा केही हप्ता अगाडी भएको निर्वाचनपछि अहिले नयाँ सरकार गठनको प्रक्रिया चलिरहेका बेला एघार दलले उनलाई सोमबार समर्थन गरेका हुन्।

प्रत्युतको पार्टी पलाङ प्रथा रथले ११५ सिटमा जित हासिल गरेको छ। प्रथा रथले नै सरकारको नेतृत्व गरिरहेको छ भने समर्थन गरेका दलहरु पनि सरकारमा सहभागी हुने भएका छन्।

प्रतिकृया लेख्नुहोस्: