श्रावण ८ गते, २०७६

तालिबान लडाकू र सुरक्षाफौजबीच भएको भिडन्तमा १२ तालिबान लडाकू मारिए

पटक हेरिएको

फराह । अफगानिस्तानको घाज्नी प्रान्तमा गएराति रातभर तालिबान लडाकू समूह र सुरक्षाफौजबीच भएको भिडन्तमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन्। सो झडपमा परी तीन सरकारी सुरक्षाकर्मीको पनि मृत्यु भएको छ। यसैगरी यस झडपमा परी नौ तालिबान लडाकू घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन्।

घाज्नी प्रान्तको उत्तरी इलाकामा रहेका दुई वटा गाउँमा रहेका प्रहरी चौकीमा उक्त भिडन्त भएको थियो। सो आक्रमणको सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमा परी १२ तालिबान लडाकू मारिएका जनाइएको छ।

गत अप्रिलमा तालिबान लडाकू समूहले सरकारी कर्मचारी र सुरक्षा अधिकारी लक्षित भीषण आक्रमण शुरु गरेयता अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये २५ वटामा अझै तालिबान आतङ्ककारी समूह र सुरक्षा अधिकारीबीच भिडन्त जारी छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: