मंसिर ३ गते, २०७६

वासिङ्गटन डिसीमा भारी वर्षापछि बाढी, ह्वाइट हाउसमा भेल पस्यो

पटक हेरिएको

काठमाडौं । अमेरिकाको राजधानी वासिङ्गटन डिसी भारी वर्षापछिको बाढीले डुबानमा परेको छ। हिजो राति आएको बाढीका कारण वासिङ्गटन डिसीको ह्वाइट हाउससँगै विभिन्न क्षेत्रमा समेत असर परको हो। ह्वाइट हाउसमा रहेका ऐतिहासिक अभिलेख, दस्तावेज, घोषणापत्र, संविधान जस्ता महत्वपूर्ण दस्तावेजहरू सुरक्षित भएको अधिकारीले बताए।

ह्वाइट हाउसको वेस्ट विङ्गको बेसमेन्टमा भेल पसेको जनाएको छ। यस्तै, सहरका विभिन्न क्षेत्रमा बाढी पस्दा सडक अवरूद्ध भएसँगै कतिपय यात्रुहरू त्यहीँ अड्किएका थिए। सडक अवरूद्ध भएपछि तिनीहरू सवारी छाडेर जान बाध्य भए र कतिपयलाई उद्धार समेत गर्न परेको एजेन्सीले जनाएको छ।

राजधानीमा पानीको सतह ६र७ फिटमाथि आएको एजेन्सीले बताएको छ। त्यस्तै, अण्डरपासमा भने २०० मिटरसम्म पानी आएको बताइएको छ। भूमिगत रेलमार्गहरू पनि डुबानको स्थिति सृजना भएको थियो। सहरमा अचानक बाढी पसेपछि नेसनल वेदेर सर्भिसले ठूलो बाढी आउन सक्ने अनुमान गरिएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: