श्रावण ८ गते, २०७६

पाकिस्तानमा पत्रकारको गोली हानी हत्या

पटक हेरिएको

श्लामावाद । पाकिस्तानमा एक न्युज एंकरको मंगलबार साँझ गोली हानेर हत्या भएको छ। कराँचीको लोकल क्याफे खयाबान ए बुखारीको नजिक पत्रकार मुरिद अब्बासको हत्या भएको हो। हत्या सामान्य भनाभनको आधारमा भएको जनाइएपनि वास्तविक कारण खुलेको छैन। हत्यापछि जब प्रहरी आरोपीलाई गिरफ्तार गर्न गएको थियो उसले आफैँलाई गोली हानेर आत्महत्याको प्रयास गरेको थियो। निजको उपचार भइरहेको जनाइएको छ।

अब्बास ‘बोल न्यूज’ मा कार्यरत थिए। उनलाई उक्त क्याफेको बाहिर गोली हानिएको हो। आक्रमणकारीको नाम आतिफ जमान भएको जनाइएको छ। जियो न्यूजका अनुसार जमानले एउटा सेतो कारमा आएर गोली हानेको हो। जिन्ना पोस्ट ग्रयाजुएट मेडिकल सेन्टरका कार्यकारी निर्देशक सीमिन जमालीका अनुसार अब्बासलाई अस्पताल ल्याउनु अघि नै उनको मृत्यु भइसकेको थियो। उनको छाती र पेटमा कैयौं गोली लागेको थियो।

सोही घटनामा पत्रकार अब्बासका साथी खैजर हयातको पनि मृत्यु भएको जनाइएको छ। पैसाको लेनदेनको विषयमा यो घटना भएको जनाइएपनि वास्तविकता भने खुलेको छैन।

Loading...

प्रतिकृया लेख्नुहोस्: