श्रावण ३२ गते, २०७६

ताञ्जिानियामा तेल ट्याङ्कर विस्फोट, ६३ जनाको मृत्यु

पटक हेरिएको

ताञ्‍जिनिया । पूर्वी अफ्रिकी मुलुक ताञ्जिनियामा तेल ट्याङ्करमा विस्फोट हुँदा ६४ जनाको मृत्यु भएको छ। विष्फोटमा परी ७० भन्दा बढी मानिसहरु घाइते भएका छन्। विस्फोटका तस्बिरहरु सामाजिक सञ्जालमा पेस्ट भइरहेका छन्। ति तस्बिरहरुमा धुँवाको मुस्लो देखिन्छ भने ठूलो क्षेत्र आगोको चपेटामा परेको देखिन्छ।

मानिसहरु दुर्घटनामा परेको ट्याङ्करबाट चुहिदै गरेको तेल संकलन गरिरहेका बेला अचानक विष्फोट हुँदा ठूलो संख्यामा हताहती भएको बीबीसीले जनाएको छ। विष्फोटमा परी गम्भीर रूपले घाइते भएका ७० जनाको दार उस सलामस्थित देशकै सबैभन्दा ठूलो अस्पतालमा उपचार भइरहेको छ। उनीहरुलाई ‘एयरलिफ्ट’ गरेर अस्पताल पुर्‍याइएको बताइएको छ।

अन्य घाइतेहरुलाई एम्बुलेन्सको सहायतमा नजिकैका अस्पतालहरुमा लगिएको छ। विष्फोटमा परी मृत्यु भएका अधिकांशको पहिचान हुन नसकेको बताइएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: