श्रावण ३२ गते, २०७६

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा काश्मिरमा सम्बोधन, कस्तो छ भारतीय प्रधानमन्त्री मोदीको अन्तिम तयारी ?

पटक हेरिएको

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित काश्मिरको राज्यसभामा विशेष सम्बोधन गरेका छन्। विशेष सम्बोधनका क्रममा उनले भारत सरकार र त्यसको नेतृत्व गरि रहेका प्रधानमन्त्री नरेन्द्र मोदीको कटाक्ष गरेका छन्।

बुधबार सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले जम्मु काश्मिरको ३७० धारा खारेज गरेर नरेन्द्र मोदीले आफ्नो अन्तिम कार्ड प्रयोग गरेको र यो हिटलरले नाजीहरुका लागि प्रयोग गरेको अन्तिम समाधानजस्तै भएको दाबी गरे । उनले भारतले अहिले पाकिस्तान प्रशासित काश्मिरमा समेत केही गर्ने गोप्य तयारी गरिरहेको समेत बताए । प्रधानमन्त्री खानले भारतले यदि युद्धको तयारी गरिरहेको हो भने पाकिस्तान त्यसका लागि पनि पूर्ण रुपमा तयार भएको भन्दै चेतावनी दिए।

खानले मोदीको नाम लिएरै भने, ‘तिम्रो इँट्टाको जवाफ हामी पत्थरले दिन तयार छौं।’ इमरानले भने कि नरेन्द्र मोदीले खेलेको अन्तिम कार्डपछि काश्मिर स्वतन्त्रता तिर लाग्नेछ। प्रधानमन्त्री खानले आफ्नो सम्बोधनमा धेरैपटक राष्ट्रिय स्वयंसेवक संघको नाम लिएका थिए।

उनले भारतमा जे भैरहेको छ, त्यो संघ (आरएसएस) कै विचारधाराका कारण भैरहेको आरोप लगाए। उनले आरएसएस विचारधारा हिटलरको नाजी पार्टी जत्तिकै भएको र मोदीले त्यसलाई प्रयोग गरिरहेको आरोप लगाए । यसपटक पाकिस्तानले १४ अगष्टमा पर्ने स्वतन्त्रता दिवसलाई काश्मिर एकता दिवसका रुपमा मनाइ रहेको छ।

यो पनि

Loading...

प्रतिकृया लेख्नुहोस्: