आश्विन १ गते, २०७६

‘काश्मिरको विकासमा आएको अवरोध हटाएँ’

पटक हेरिएको

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिरको विकासमा आउने कुनै पनि बाधा अड्चनलाई हटाउने बताएका छन्। १५ अगष्टमा भारतको ७३ औं स्वतन्त्रता दिवसमा दिल्लीस्थित लाल किल्लामा विशेष सम्बोधन गर्दै आफू जुनसुकै चुनौतीको सामना गरेर भएपनि काश्मिरको सुन्दर भविष्यका लागि आवश्यक कदम चाल्न तयार हुने बताएका हुन्।

‘काश्मिरका जनताको सपना साकार पार्ने जिम्मेवारी हामी सबैको हो,’ मोदीले भने,‘काश्मिरको विकासमा आउने अवरोधलाई हटाउन मैंले प्रयास गरेको हुँ।’ काश्मिरलाई दिदै आएको विशेष राज्यको दर्जा खारेजको निर्णयको बचाऊ गर्दै त्यस क्षेत्रको गौरव पुर्नस्थापित गर्ने बताए । अब काश्मिरले भारतको विकासमा “महत्वपूर्ण भूमिका“ खेल्ने बताए।

भारतको विकास र प्रगतिका बाधालाई हटाउन आफू निरन्तर लागेको बताए। उनले भने, विकासमा जे जे बाधा आउँछ त्यसलाई हटाउन लागिरहेको छु। विगत सात दशकमा भारतमा परिवारवादले प्रश्रय पाएको, भ्रष्टाचार बढेको भन्दै त्यसलाई निरुत्साहित पार्न आफू लागेको बताए।

मोदीले पाकिस्तानको विरोध नगरेपनि देशभित्रका नेता र पार्टी विशेषको नाम नतोकी आलोचना गरे। धारा ३७० को खारेजको विरोध गर्नेहरुले राजनीतिक खेल खेल्दै आएको आरोप लगाए। उनले भने,‘विगतका सरकारहरूले त्यस्तो साहसी कदम चाल्ने साहस गरेका थिएनन किनकि उनीहरू आफ्नो राजनीतिक भविष्यका बारे चिन्तित थिए।’ आफू व्यक्तिगत भविष्यभन्दा देशको भविष्यका लागि चिन्तित भएको बताए। उनले भने,“मलाई मेरो राजनीतिक भविष्यको बारेमा मतलब छैन। मेरो लागी देशको भविष्य पहिले आउँछ।’’

Loading...

प्रतिकृया लेख्नुहोस्: