मंसिर ३ गते, २०७६

मलेसियामा पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते

पटक हेरिएको

काठमाडौं । मलेसियामा पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते भएका छन्। तनम डनौ कोताको आवासीय भवनमा शुक्रबार बिहान ४ः४१ बजे भएको विस्फोटमा एक नेपाली घाइते भएका हुन्।

मलेसियाको स्ट्रेट्स टाइम्सले घाइते नेपाली उक्त आवासीय भवनमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेको जनाए पनि परिचय खुलाएको छैन। समाचार अनुसार, उनको हात र शरीरको पछाडिको भाग करिब १० प्रतिशत जलेको छ। उनलाई त्यही पुगेर स्वास्थ्यकर्मीले उपचार गरेका छन्।

विस्फोटबाट गार्ड पोस्टको एउटा भागमा क्षति पुगेको छ। विस्फोट कसले गरायो भन्ने खुलेको छैन। क्वालालम्पुर फायर एन्ड रेस्क्यु अपरेशनका प्रवक्ताले बताए अनुसार घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: