आश्विन २९ गते, २०७६

साउदी सेना नियन्त्रण गरिएको हुथी विद्रोहीको दाबी

पटक हेरिएको

यमन । हुथी विद्रोहीहरुले ठूलो संख्यामा साउदी अरेबियाका सैनिकहरुलाई आफूहरुले नियन्त्रणमा लिएको दाबी गरेका छन् । दुई देशको सीमा क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको विद्रोहीको भनाइ रहेको छ । हुथीका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा तीन वटा साउदी ब्रिगेडले साउदी सहर नजरान नजिकै आत्मसमर्पण गरेको जनाएका छन् ।

उनीहरुले हजारौं सेना नियन्त्रणमा लिइएको र अन्य केही मारिएको समेत जनाएका छन् । साउदी अधिकारीहरुले सो दाबीको पुष्टी गरेका छैनन् । यही १४ सेप्टेम्बरका दिन हुथी विद्रोहीले साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा आफूले आक्रमण गरेको दाबी गरेको थियो ।

तर, सो आक्रमण इरानले गराएको अमेरिका, साउदी अरेबिया र युरोपेली राष्ट्रको आरोप रहँदै आएको छ । त्यसले गर्दा विश्वकै तेल बजारमा अहिले असर परिरहेको छ । (बीबीसी)

Loading...

प्रतिकृया लेख्नुहोस्: