चैत्र २० गते, २०७६

आजबाट डीभी खुल्दै, फर्म भर्न पासपोर्ट चाहिने

पटक हेरिएको

वाशिङ्टन । सन् २०२१को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) आजबाट खुल्ने भएको छ। अमेरिकी समयअनुसार अक्टोबर २ तारिख (आज) मध्यान्ह १२ बजेबाट आवेदनको म्याद सुरु हुने जनाइएको छ।

आवेदनको म्याद आगामी नोभेम्बर ५ को मध्यान्ह १२ बजेसम्म रहनेछ। सन् २०२० को मे महिनामा त्यसको नतिजा निस्कने र फर्म भरेपछिको कन्फर्मेसन नम्बर भने नतिजा आउने समयसम्म सुरक्षित राख्नुपर्ने जनाइएको छ।

आवेदन दिनका लागि म्याद नगुज्रेको आधिकारिक पासपोर्ट हुनुपर्नेछ। इन्ट्री प्रक्रिया पूरा भएपछि राहदानीको बारेमा जानकारी गराउनुपर्ने जनाइएको छ। पति वा पत्नी र छोराछोरीको भने राहदानी नभए पनि हुनेछ।

बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिकन रिपब्लिक, एलसाल्भाडोर, हैटी, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान,पेरु, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत (उत्तरी आयरल्याण्ड बाहेक) र भियतनामका नागरिकले भने आवेदन हाल्न सक्ने छैनन्।

चीनको मुख्य भूभागका नागरिकले आवेदन हाल्न नपाए पनि हङकङ, मकाउ र ताइवानका नागरिकले भने आवेदन गर्न पाउने जनाइएको छ। बितेका वर्षमा ५० हजार भन्दा बढी मानिसलाई डीभी परिसकेका देशका नागरिकले भने आवेदन गर्न नपाइने व्यवस्था रहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: