मंसिर ४ गते, २०७६

ट्रम्प विरुद्ध महाअभियोगको प्रस्ताव सुरु गर्ने अमेरिकी कंग्रेसको निर्णय

पटक हेरिएको

वाशिङटन । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धमा महाअभियोगको जाँच औपचारिक रुपमा सुरु गर्ने प्रस्ताव स्वीकृत गरेको छ । यसको मतलब राष्ट्रपति ट्रम्पको विरुद्धमा महाअभियोग लगाउनका लागि मन्जुरी दिएको नभइ उनको विरुद्धमा जाँच सार्वजनिक चरणमा पुगेको संकेत भएको बताइएको छ।

मतदानका क्रममा ट्रम्पबारे छानबिन गर्नुपर्छ भन्ने पक्षमा २३२ र विपक्षमा १९६ मत परेको थियो। विपक्षी डेमोक्रयाटको नियन्त्रण रहेको हाउसमा ट्रम्पविरुद्ध महाअभियोगका लागि समर्थन जुटाउनका लागि भएको यो पहिलो औपचारिक प्रयास हो ।

ह्वाइट हाउसले भने यो प्रस्तावको निन्दा गरेको छ । यो प्रस्तावको विरुद्धमा दुईजना डेमोक्र्याट सांसदले पनि भोट हालेका थिए। ट्रम्पमाथि उनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो वाइडेन र उनका छोराविरुद्ध कथित भ्रष्टाचारको दाबी जाँचबुझ गर्न युक्रेनमाथि दबाब दिएको आरोप लगाइएको छ।

बिहीबार संसदमा बोल्दै अमेरिकी सभामुख नान्सी पेलोसीले राष्ट्रपतिले जे गरेका छन् त्यसको लागि उनी जिम्मेवार बन्नुपर्ने जनाएकी थिइन् । (बीबीसी)

Loading...

प्रतिकृया लेख्नुहोस्: