कार दुर्घटनामा शबाना आजमी गम्भिर घाइते - Nepal Talk
कार्तिक ६ गते, २०७७

कार दुर्घटनामा शबाना आजमी गम्भिर घाइते

पटक हेरिएको

एजेन्सी । बलिउडकी चर्चित कलाकार शबाना आजमी कार दुर्घटनामा घाइते भएकी छिन् । शनिबार मुम्बई–पुणे एक्सप्रेस नाम गरेको हाइवेमा उनको कार एक ट्रकसँग ठोक्किएको थियो ।

यो दुर्घटनामा शबाना गम्भिर घाइते भएकी छिन् । तर, उनी खतरा भन्दा बाहिर रहेको बलिउड मिडियाले उल्लेख गरेका छन् । उनलाई बलिउडकर्मीले अस्पतालमा पुगेर भेट गरेका छन् ।

उनको टाउको र अनुहारमा चोट लागेको छ । दुर्घटनामा घाइते भएकी शबानालाई उपचारका लागि मुम्बइको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ ।
उनि बलिउडका चर्चीत लेखक जावेद अख्तरकी श्रीमती हुन भने जोया र फरहान अख्तरकी कान्छी आमा हून् । उनले सयौं हिन्दी चलचित्रमा आफ्नो अभिनय दिईसकेकी छन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: