जेष्ठ ९ गते, २०७६

नेकपा आए पछि माफीयाकरण मौलाएको होईन, माफीयाकरण बौलाएको हो : बिजय गौतम (भिडियो सहित)

पटक हेरिएको

काठमाडौ । सत्तारूढ नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी) का उपाध्यक्ष बिजय गौतम इमान्दार, वौद्धिक र जुझारु विद्यार्थी नेताका रुपमा चिनिन्छन्। पुर्व एमाले र माओवादी पार्टी एकता भएको पनि एक वर्ष पुरा हुन लागेको छ। केहि दिन अघी मात्र नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्लाहरुको एकता टुंगाएको छ। तर जनवर्गी संगठनको एकता भने टुंगीन सकेको छैन।

विद्यार्थी नेता बिजय गौतमले नेपालटकसँगको अन्तरवार्तामा बुँदागत रुपमा भनेका छन्:

१.बिद्यार्थी आन्दोलन कमजोर भएको होईन , आन्दोलनको स्वरुप परीवर्तन भएको हो।
२.निजि शैक्षिक संस्थाहरुले मनपरी ढङ्गबाट शुल्क अशुल गरे भने ति शैक्षिक संस्थाहरु बन्द गर्नुपर्छ। ति संस्थाहरुलाई सरकारले कार्बाही गर्नुपर्छ।
३.सरकारी शैक्षिक संस्था होस् या निजि शैक्षिक संस्था होस् राज्यको नियम सबै शैक्षिक संस्था र निकायमा लागु हुनुपर्छ।
४.स्वभियु निर्वाचन त्रिभिुवन विश्व विद्यालयका भिसिले गर्न नचाहेका हुन्।
५. स्वभियु निर्वाचान टार्नका लागि नेविसंघका अध्यक्ष नैन सिंह महराले राजीनामा दिएका हुन्।
७. जनवर्गीय संगठनको एकता अब चाडै नै टुंगीन्छ।
८.राज्यले शिक्षामा सबै भन्दा बढि लगानि गर्नु पर्छ। तब मात्र देशमा समृद्ध आउँछ।
९. भ्रष्ट्रचारी र भुमाफीयाहरुका विरुद्ध हामी आन्दोलन गर्ने छौ। त्यो आन्दोलन कसैले पनि रोक्न र छेक्न सक्दैन।
१०. नेकपा आए पछि माफीया मौलाएको होईन, नेकपा आए पछि माफीयाकरण बौलाएको हो।
११. गुट र उपगुटले संगठन आफै सिदिन्छ। कोहि नेता कार्यकर्ताहरुले गुट बनाउनु हुदैन।

प्रस्तुत छ , यिनै विषय वस्तुसँग आधारित समसामयिक राजनीति र विद्यार्थी आन्दोलन वारे नेपालटकले बिजय गौतमसंग गरेको कुराकानी : ‘नेकपा आए पछि माफीया मौलाएको होईन, नेकपा आए पछि माफीयाकरण बौलाएको हो’।हेर्नुहोस् (भिडियो सहित)

प्रतिकृया लेख्नुहोस्: