श्रावण ३२ गते, २०७६

‘निजि शैक्षिक संस्थाहरुलाई राज्यले कब्जा गर्नुपर्छ’ : उत्तम अधिकारी (भिडियो सहित)

पटक हेरिएको

काठमाडौ । सत्तारूढ नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी) का महासचीव उत्तम अधिकारी इमान्दार, वौद्धिक र जुझारु विद्यार्थी नेताका रुपमा चिनिन्छन्। पुर्व एमाले र माओवादी पार्टी एकता भएको पनि एक वर्ष पुरा हुन लागेको छ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्लाहरुको एकता टुंगाएको छ। तर जनवर्गीय संगठनको एकता भने टुंगीन सकेको छैन। पार्टी भित्र जनवर्गीय संगठनको एकता दुंगाउन छलफल र बहस चलि रहेको छ।

महासचीव उत्तम अधिकारीले नेपालटकसँगको अन्तरवार्तामा बुँदागत रुपमा भनेका छन् :

१. बिद्यार्थी आन्दोलनको स्वरुप परीवर्तन भएको हो।
२.विद्यार्थी आन्दोलन कमजोर भयो भन्ने हल्ला मात्र हो, कमजोर भएको होईन झन् वलियो भएको छ।
३.शैक्षिक क्षेत्रमा देखिएका विकृति र विसङ्गतीका विरुद्ध खबरदारी र जागरण गर्ने काम विद्यार्थी संगठनको हो। हामीले त्यही गरी रहेका छौ।
४.विद्यार्थी संगठनलाई कमजोर बनाउन विभिन्न गिरोह शक्तीहरु लागि परेका छन्।
५. विभिन्न शक्तीहरुले विद्यार्थी संगठनलाई कमजोर बनाउन खोज्नु दिवा सपना मात्र हो। त्यो एक प्रकारको भ्रम मात्र हो।
६. सरकारी कर्मचारी देखि नेता सम्मका छोरा-छोरीहरु सरकारी शैक्षिक संस्थामा पढाउनु पर्छ।
७. निजि शैक्षिक संस्थाहरुलाई राज्यले जिम्मा लिनु पर्दछ। तब मात्र शिक्षा क्षेत्रमा परीवर्तन र एकरुपता पाउन सकिन्छ।
८.संगठनको विधि विधान अनुसार विद्यार्थीको नेतृत्व हामीले लिने सम्भावना छ। त्यो पार्टीले स्वीकार्नु पर्छ।
९.तल छलफल र बहस जती गरे पनि एकताको जीम्मेवारी अन्तत : प्रचण्ड र केपी ओलीले नै टुंगाउनु हुन्छ।
१०. अबको विद्यार्थी संगठनको मुख्य एजेण्डा समाजवादी शिक्षाको विकास गर्नु हो।

यिनै विषय वस्तुसँग आधारित समसामयिक राजनीति र विद्यार्थी आन्दोलन वारे नेपालटकले अनेरास्ववियू (क्रान्तिकारी) का महासचिव उत्तम अधिकारीसँग गरेको कुराकानी यहाँ प्रस्तुत छ : ‘निजि शैक्षिक संस्थाहरुलाई राज्यले कब्जा गर्नुपर्छ‘। हेर्नुहोस् (भिडियो सहित)

Loading...

प्रतिकृया लेख्नुहोस्: