जेष्ठ ९ गते, २०७६

सडकमा टायर बालेर आन्दोलन गर्ने दिनको अन्त्य भएको छ : पवन कार्की (भिडियो सहित)

पटक हेरिएको

काठमाडौ । सत्तारूढ नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सचीव तथा प्रदेश नम्बर ३ का संयोजक पवन कार्की इमान्दार, कुशल, सरल, वौद्धिक र जुझारु एक प्रखर विद्यार्थी नेताका रुपमा चिनिन्छन्। सचीव कार्की आम युवा विद्यार्थीका ढुकढुकी लोकप्रीय विद्यार्थी नेता हुन्। पुर्व एमाले र माओवादी पार्टी एकता भएको पनि एक वर्ष पुरा हुन लागेको छ। तर एकता प्रक्रियाले पुर्णता पाउन सकेको छैन।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले केहि दिन अघि मात्रै जिल्लाहरुको एकता टुंगाएको छ। तर जनवर्गीय संगठनको एकता भने टुङ्गाउन सकेको छैन। पार्टी भित्र जनवर्गीय संगठनको एकता टुङ्गाउन छलफल र बहस चलि रहेको छ। तल्लो कमिटीहरु पनि एकताको तयारीमा जुटि रहेका छन्।

सचीव पवन कार्कीले नेपालटकसँगको अन्तरवार्तामा बुँदागत रुपमा भनेका छन् :

१. एकताको चरण अन्तीम विन्दुमा पुगेको छ। सम्भवत जेठ ३ मा जनवर्गीय संगठनको एकता टुङ्गीन्छ।
२. अब बन्ने एउटै अखिलले आम विद्यार्थी र आम जनताको नेतृत्व गर्नु पर्छ। तब मात्रै विद्यार्थी आन्दोलन सफलतामा पुग्न सक्छ। हामी त्यसकै तयारीमा जुटेका छौ।
३. विद्यार्थी आन्दोलन सधै एकै प्रकारको हुँदैन , आन्दोलनको स्वरुप रुप परीवर्तन भएको छ। समय परीस्थीती अनुसार आन्दोलन पनी परीवर्तन हुन्छ।
४.बन्दुक पड्काउने, सडकमा टायर बाल्ने ढुङ्गा मुडा हानेर आन्दोलन गर्ने दिनको अन्त्य भएको छ। अब बहस र रचनात्मक आन्दोलनको जरुरत छ। त्यो नै अबको विद्यार्थी आन्दोलन हो।
५. शैक्षिक सुधारको लागि सधै विद्यार्थी संगठन जागरुक नै छ। सरकारलाई खबरदारी हामीले गरि रहेका छौ।
६. अब बन्ने अखिलले सबै निजि शैक्षिक संस्थाहरुमा संगठन निर्माण गर्नु पर्छ। त्यो नै आजको आवश्यकता हो।
७.राजनीति फोहोरी खेल होईन, त्यो सोच भएका मानिसहरुले फोहोरी बनाएका हुन्।
८. राजनीति सफा कुवाको पनी जस्तै हो, यसलाई झन् सफा बनाउन युवा विद्यार्थीहरुको भुमिका महत्वपुर्ण रहेको छ।
९.सरकारले निजि र सरकारी शैक्षिक संस्था भनेर वर्गीकरण गर्नु हुदैन।
१०. सबै निजि शैक्षिक संस्थाहरुलाई सरकारी शैक्षिक संस्थामा गाभ्नु पर्छ। यस्तो प्रकारको नीति सरकारले अपनाउनु पर्छ। तब मात्र शिक्षामा विकृतीको अन्त्य हुन्छ।
११. शिक्षा क्षेत्रमा सुधार गर्न सके मात्र देशको अर्थतन्त्रमा सुधार आउँछ। यो जीम्मेवारी युवा पुस्तामा आएको छ।

यिनै विषय वस्तुसँग आधारित समसामयिक राजनीति, शैक्षिक र विद्यार्थी आन्दोलन वारे नेपालटकका भुमिराज अधिकारीले अनेरास्ववियू (क्रान्तिकारी) का सचिव पवन कार्कीसँग गरेको कुराकानी प्रस्तुत छ : ‘राजनीति फोहोरी खेल होईन, सफा कुवाको पानी जस्तै हो’ (हेर्नुहोस् भिडियो सहित)

प्रतिकृया लेख्नुहोस्: