आषाढ़ १ गते, २०७६

जागरण गीत गाउन थालेपछि धेरै कुरा गुमाए: गायिका पवित्रा (भिडियो सहित)

पटक हेरिएको

काठमान्र्डौ । गायीका पवित्रा घर्ति मगरले राष्ट्रियताको पक्षमा, विभिदको पक्षमा, समान्ताको पक्षमा यस्ता धेरै गीतहरु गाउनु भएको छ । गायीका घर्तिको बाल्यकाल देखि नै गायन क्षेत्रलाइ रुचिको बिषय थियो । गायीका घर्तिको पालामा छोरी मान्छेलाई पढाउन हुन्न भन्ने प्रचलन भएको अवस्थामा पनि परिवारको सहयोगले २०५० सालमा एस एल सी पास गरेको बताउनु भएको छ ।

गायीका घर्ति मगरले स्कुलका कार्यक्रम देखि विभिन्न क्षेत्रका गीत गाउदै साष्ट्रिय स्थरको गीत गाउन सफल हुनु भएको छ। आफ्नो विषेश क्षेत्र भनेको दोहोरी हो र बहुदल आउनु भन्दा अगाडी नै पञ्चातकालमा नै दोलखामा राष्ट्रिय दोहोरी प्रतियोगिता भएको थियो र अझ पहिला विरगञ्जमा भएको दोहोरी प्रतियोगिता भएको थियो र उक्त प्रतियोगितामा रााप्तीबाट प्रथम भएको बताउनु भयो । बहुदल आएपछि पनि संगठनले आयोजना गरेको धेरै दोहोरी प्रतियोगिताहरुमा भाग लिएको र आफु प्रथम नै हुने गरेको बताउनु भयो।

जनताको पक्षमा धेरै गीत गाएको र सानै देखि जनताको दुःख र अधिकारको गीत गाउँदै आएको गायीका घर्तिले बताउनु भयो। सानै देखि गीत संगितमा रुचि भएपनि आफु ब्यवसायीक भने बन्नु नसकेको बताउनु भएको छ । आफुले नेपाली गायन क्षेत्रमा ठूलो योगदान पु¥याएको र गीत संगितको माध्यमबाट जनतालाई चेतनशिल बनाएको बताउनु भएको छ ।

संबिधान निर्माण हुनु भन्दा अगाडी महिला पुरुष समान हुनु पर्छ भनेर हामीले मुखले बोलेर मात्र प्राप्त हुन सक्दैन संबिधान मै लेखिनु पर्छ भनेर गीतबाट नै बिभेदको आवाज बुलन्द गदै आएको गायीका घर्तिले बतउनु भएको छ ।

प्रगतिशिल गीत भन्दा बाहेक धेरै गतिको लागी अबसरहरु पनि आएको थिए तर आफुले सगठनमा लागि सकेपछि प्रगतिशिल गीत गाउन थाले पछि सश कुरा त्यागेको बताउनु भएको छ । यदी त्यस्तो अबसरहरुलाई नत्यागेको भए मैले एक खाल्लको भैतिक सुख सुबिदा र उचाई प्राप्त गर्थे होला तर मैले प्रगतिशिल गीत गाउदा, जागरणका गीत गाउदा नेपाली जनताको सोचमा परिर्वतन भयो जस्तो लाग्छ, महिलामा चेतना पलायो जस्तो लाग्छ, बिभेदमा न्युनीकरण भए जसतो लाग्छ सबै भन्दा ठूलो कुरा जनतालाई चेतना दिनु सक्नु नै मेरो सफलता भएको बताउनु भएको छ ।

नेपालटकका पत्रकार उमेश सेन्चरीले गायीका पवित्रा घर्ति मगर संग गरिएको कुराकानी भिडियो सहित :-

प्रतिकृया लेख्नुहोस्: