आषाढ़ १ गते, २०७६

चर्चित गीत ‘म त मर्छु क्यारे’ मेरो सत्यघटनामा आधारीत गीत हो: बरिष्ठ संगीतकार निम ‘संगित’ (भिडियो:-)

पटक हेरिएको

उमेश सेन्चुरी काठमाडौं। बाल्यकाल देखि गीत संगीतमा लागेर गायक बन्ने ठूलो सपना बोकेर हिडेका एक सफल संगीतकार हुन निम संगीत । बाल्यकाल कास्की जिल्लाको पोखरा, नवलपरासी, लम्जुङ र रोल्पामा बिताएका निम संगीतले २०५५ सालमा एस एल सी पास गरेपछि काठमाडौं आएर उच्चशिक्षा हासिल गरेका हुन् ।

निम संगीत बजारमा स्थापित पहिचानको आधारमा उनले नेपाली गीत संगीत सिर्जनालाई प्रमुख विधा बनाउन सफल भएका छन् । बाल्यकालको सपना गायक बन्ने भनेर नेपाली सांगीतिक क्षेत्रमा प्रबेष गरेता पनि कालान्तकारमा उनले संगीतलाई मुख्य विधा बनाएर सफल संगीतकारको रुपमा बजारमा स्थापित भएका छन् । बाल्यकाल देखिनै संगीतमा गहिरो झुकाव राख्ने निम संगीत सानैदेखि आफै बाजा बजाएर गीत गाउने गर्थै।

सांगेतिक क्षेत्रमा प्रबेश गर्नुमा मुख्य पेरणा आफ्नै दाई गायक तथा चलचित्र अभिनेता कृष्ण स्वर्णकार बाट पाएको र उहांको भुमिकालाई सम्झदै उनले भने मलाई संगीत क्षेत्रमा लाग्न संगीतका सामाग्रीहरु किन्दिनु भयो र मलाई संगितमा लाग्न सहयोग र हैसला पाउदा आफुलाई भाग्यमानी भएको बताए।

निम संगितले २०५७ सालमा आफ्नै शब्द संगीतमा ‘तिम्रो माया लाग्छ‘ लोकगीत रेकर्ड गर्न सफल भएका थिए । सांगीतिक क्षेत्रमा केही गर्ने उद्देश्यका साथ काठमाडौं प्रबेष गरे सगै युवा जोशका साथ संगित पाठशालामा गूरुहरु ईश्वर अमात्य र भानुभक्त ढकाल संग शाश्त्रीय संगित सिक्न थालेको बताए ।

२०६० सालमा उनको आफ्नै स्वलो एल्बम, एकल रचना एकल संगीत मा रहेको अमर प्रेम एल्बम निमाल्न सफल भए । चर्चित गायकगायीकाहरु जगदिश समाल,खोमराज गुरुङ, सपना श्री, गगन सरगम र कृष्णभक्त राई उहांहरुलाई समेटेर अमर प्रेम एलबम निकालेको र उक्त एल्बममा म त मर्छु क्यारे चर्चित गीतमा निम संगीत आफैले शब्द संगीत गरेका थिए भने, स्वर जगदिश समालको रहेको छ ।

म त मर्छु क्यारे गीत धेरै दर्शक र स्रोताले मन पराए र धेरै दर्शकको मनलाई छुन सफल भएको थियो। म त मर्छु क्यारे गीतलाई सम्झदै उनले भने यो गीतमा मेरो जीन्दगी जोडिएको छ, जुन बेला म मृत्युको मुखमा छटपटाई रहेको थिए। त्यही बेला यो गीत आफ्नो परिवार, दर्शक स्रोता र आफ्नो साथीभाईलाई सम्झेर लेखेको बताए ।

नेपाली सांगीतिक क्षेत्रमा लामो समय बिताएका निम संगीतले हालसम्म लगभग ३सय वटा गतिहरुमा संगित संयोजन गरिसकेका छन भने ति मध्यका चर्चित गित ‘म त मर्छु क्यारे’, ‘तिम्रो मनको माझमा फुल्न मन लाग्छ’, ‘प्रिय तिम्रो सुन्दर मुहार’, ‘तिमीलाइ्र नै माया गर्छु’, ‘प्रेमको भिखारी’, ‘प्रेमको हत्यारा’ गीतहरु बजारमा निकै नै चर्चित र लोकप्रिय भएका छन् । नेपाली गीत संगीतमा २ दशक बिताएका बरिष्ठ संगितकार निम संगित भबिष्यमा गीत संगीत र संगीत संयोजनका मुख्य बिधालाई बनाएर नेपाली सांगीतिक क्षेत्रलाई महत्वपूर्ण योगदान दिने बताउछन् ।

नेपाल टकका पत्रकार उमेश सेन्चुरीले बरिष्ठ संगितकार निम संगित गरिएको कुराकानी भिडियो सहित:-


h

प्रतिकृया लेख्नुहोस्: