भाद्र ३१ गते, २०७६

‘मर्न र मार्न तयार नभएको भए गणतन्त्र आउने थिएन’ : जनवादी गायक झन्कार (भिडियो सहित)

पटक हेरिएको

उमेश सेन्चरी

काठमाडौ । जनवादी गायक झन्कार बुढाले पार्टी टुटफुटले जनकलाकारहरुलाई अवमुल्याङ्कन गरेर शुन्यतामा पुर्याएको बताएका छन्। हिजो दश बर्षे जनयुद्धमा मर्न र मार्न तयार भएका हामी जनकलाकारहरुलाई नत राज्य पक्षले नै संरक्षण गर्यो नत पार्टीले नै, हामी घर न घाटको अवस्थामा पुगेका छौ।

देश परिवर्तन गर्न हिडेका हामीले आफ्नो बारेमा कति पनि सोचेनौ देश नै परिवर्तन हुने भएपछि हामीले हाम्रो बारेमा सोच्ने कुरा पनि भएन आज यो अवस्था हेर्दा लाग्छ हामीले आफ्नो बारेमा सोच्नु पर्ने रहेछ। उनले भने।

जनयुद्धमा लागेका कलाकार आज केही खाडी मुलुकमा पसिना बगाउदै छन् त केही दोहोरी साझमा छन्, यो अवस्था देख्दा सारै दुख लागेर आउछ। हिजो हामी मर्न र मार्न तयार नभएको भए आज यो गणतन्त्र आउने थिएन।

हामी जनकलाकारले हिजो जनयुद्धमा महत्वपूर्ण भुमिका निर्भाह गरेका थिएनौ भने यो परिवर्तन संम्भव हुने थिएन जस्तो लाग्छ। किन भने गीत मार्फत जनतालाई अन्याय र अत्यचारको बिरुद्धमा बोल्न सिकाएर बिद्रोह गर्न लगायौ।

जनबादी गायक झन्कार भन्छन् हिजो हामीले जुन आसा गरेका थियौ त्यो आसा आज पुरा हुन सकेन। हिजो पार्टीको लागी जसरी जनकलाकारहरुले त्याग,तपस्या, बलिदान र सहिद भए उनीहरुको सपना पुरा भएन, त्यो सपना पुरा नहुँदा उहाँहरुको आत्माले शान्ति पाएको छैन।

हाम्रो योग्दानको कदर भएन जनकलाकारहरुको समान भएन राज्यले समान गर्दा पनि आफु निकटको आफ्नालाई मात्र समान गर्दा दुख लाग्छ। एक फरक प्रसंगमा झन्कारले भने विप्लव नेता माईला लामालाई तत्काल बिनाशर्त ससम्मान रिहा गर्न माग समेत गरेका छन्।

जनवादी गायक झन्कार बुढासँग गरिएको कुराकानी हेर्नुहोस् (भिडियो सहित)

Loading...

प्रतिकृया लेख्नुहोस्: