मंसिर २ गते, २०७६

प्रचण्डले गिरिजालाई जनयुद्धकालमै भेट्दा म साक्षि थिए : आरपी आचार्य (भिडियो सहित)

पटक हेरिएको

काठमाडौ । लामो समय पछि देशमा निकै ठुलो राजनिती परीवर्तन भएको छ। दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकार बनेको छ। सरकार पक्ष र सरकार विपक्ष बिच बेलाबेलामा जुहारी समेत हुने गरेको छ। सरकारको चौतर्फी विराधे हुँदै आएको छ। सत्ता विपक्ष अर्थात प्रतिपक्ष राजनीतिक दलका नेताहरु बाट मात्र होईन सत्तापक्षकै शिर्ष नेताहरुबाट पनि सरकारको तीव्र आलोचना भई रहेको छ।

दरिलो बलिलो पार्टी मानिने नेपाली कांग्रेस आज नेकपा पार्टी र सरकारको प्रतीपक्ष दल बन्न पुगेको छ। के सरकारले साच्चै राम्रोसँग काम गर्न नसकेको हो त? वर्तमान सरकारले के गर्नु पथ्र्यो? सरकारले ल्याएको निति नियम सरकारले गरेका निर्णयहरु ठिक छन् कि छैनन्? सरकार र नेकपा पार्टीको बारेमा के भन्छन् त कांग्रस नेताहरु यिनै विषयवस्तुलाई केन्द्रीत गरेर नेपालटकका सम्पादक आनन्द पुन साथमा पत्रकार प्रेम प्रसाद पाण्डेले नेपाली कांग्रेसका नेता रामप्रसाद आचार्य (आरपी) सँग कुराकानी गरेका छन्।

उनले नेपालटकसँगको कुराकानीमा भनेका छन्

१. वर्तमान सरकारले जनताले अपेक्षा गरे अनुसारको काम गर्न सकेको छैन , यो कम्युनिष्ट सरकारको ठुलो कमजोरी हो।

२. प्रचण्डले गिरिजाप्रशाद कोईरालालाई जनयुद्धकालमै भेट्दा म साचि थिए।

३. दश वर्षे जनयुद्धकालमा प्रचण्ड र गिरिजाको सम्बन्ध मलाई मात्र थाहा छ।

४. दश वर्षे जनयुद्धलाई शान्ति सम्झौतामा रुपान्तरीत गर्न गिरिजाले धेरै ठुलो भुमिका खेल्नु भएको थियो।

५. यदि दश वर्षे जनयुद्ध भएको थिएन भने देशमा गणतन्त्र आउने थिएन।

६. गणतन्त्रका जननी प्रचण्ड नै हुन्। यो आम नेपाली जनताले बुझेका छन्।

७. सरकार र नेकपा पार्टीमा प्रधानमन्त्री केपी ओली ठिक नभएता पनि पुष्पकमल दाहाल प्रचण्ड ठिक छन्।

८. सरकार चलाउन सक्ने क्षमता ओलीमा छैन।

९.देशको क्षति गरेर आफु सुध्रीने कांग्रस पार्टी होईन , यो संस्कार हाम्रो पार्टीमा छैन।

१०. देशको विकास गर्ने पार्टी भनेको कांग्रेस नै हो , यो विगतको ईतिहासलाई पल्टाएर हेर्दा पनि जगजाएज नै छ।

यिनै /यस्तै विभिद विषयमा केन्द्रीत भएर नेपाली कांग्रेसका प्रभावशाली नेता रामप्रशाद आचार्यले खोले जनयुद्धकालमा प्रचण्ड र गिरिजाको यस्तो गोप्य रहस्यमय सम्बन्ध (भिडियो सहित)

Loading...

प्रतिकृया लेख्नुहोस्: