कार्तिक ६ गते, २०७६

मोहन वैद्य, बाबुराम, विप्लव प्रचण्ड एक हुनुपर्छ : मनहर खतिवडा हिमशिखर (अन्तरवार्ता)

पटक हेरिएको

काठमाडौ । लामो समय पछि देशमा निकै ठुलो राजनिती परीवर्तन भएको छ। दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकार बनेको छ। सरकार पक्ष र सरकार विपक्ष बिच बेलाबेलामा जुहारी समेत हुने गरेको छ। सरकारको चौतर्फी विराध हुँदै आएको छ। सत्ता विपक्ष अर्थात प्रतिपक्ष राजनीतिक दलका नेताहरु बाट मात्र होईन सत्तापक्षकै शिर्ष नेताहरुबाट पनि सरकारको तीव्र आलोचना भई रहेको छ। अहिलेको अवस्थामा दश वर्षे जनयुद्धको विषयलाई लिएर सरकार देखी पार्टी संसदसम्म चौतर्फी विरोध हुदै आएको छ।

दश वर्षे जनयुद्ध कालमा धेरै मानिसहरुले ज्यान गुमाए , हजारौ सहिद भए , अपाङ्ग घाईते भए। तर उनीहरुलाई सरकार /पार्टीले वेवस्था गर्यो भन्दै प्रश्न उठाउन थालेका छन्। पूर्व माओवादी र पूर्व एमाले पार्टी एकता भएको १६ महिना बिति सकेको छ। पार्टी भित्र देखी बाहीरसम्म दिनप्रती दिन विवाद निम्ती रहेको छ।

हिजो दश वर्षे जनयुद्धमा लागेका कयौ मानिसहरु अहिले अपाङ्ग घाईते छन्। तर सरकार पार्टीले शहिद अपाङ्ग घाइतेहरुलाई उचीत व्यवस्था गर्न सकि रहेको छैन। यिनै यस्तै समसाययिक विषयमा केन्द्रीत रहेर दश वर्षे जनयुद्धमा लागेका तर अहिले राजनीति बाट अली टाढा रहेर व्यवसायिक गर्दै आएका पुर्व जनयुद्धका एक योद्धा तथा कम्पनी सह कमाण्डर मनहर खतिवडा हिमशिखरसँग नेपालटकका लागि आनन्द पुनप्रेम प्रसाद पाण्डेयले कुराकानी गरेका छन्।

हिमशिखरले नेपालटकसँगको कुराकानीमा भनेका छन् :

१. सामन्ती सत्ता अन्त्य गर्न दश वर्षे जनयुद्धमा हुमिएका थियौ ।

२. त्यति खेर लाग्थ्यो सामन्त्ती सत्ता भनेको राजा नै हुन् , तर अहिले राष्ट्रपति राजा जस्तो लाग्छ।

३. पूर्व माओवादी र पूर्व एमाले पार्टी एक हुनु गलत होईन दुई कम्युनिष्ट पार्टी एक हुनु राम्रो हो । तर सरकार र पार्टी सही दिशामा हिड्नुपर्छ ।

४. सहिद , घाईते , अपाङ्गका परिवारलाई पार्टीले वास्ता गरेको छैन । यस विषयमा सरकार र पार्टी गम्भीर हुनु पर्छ , नत्र ठुलो दुर्घटना हुन सक्छ।

५. अब युद्ध गरेर बम पड्काएर मान्छे मारेर परीवर्तन सम्भव छैन। यो कुरा विप्लव कमरेडले बुझ्नुपर्छ।

७. सरकारले बैलैमा विप्लवसँग वार्ता गर्नुपर्छ।

८. मोहन वैद्य किरण ,बाबुराम भट्रराई , विप्लव प्रचण्ड एक हुनुपर्छ । एउटै पार्टीमा हुनुपर्छ।

९. मलाई राम्रो लाग्ने नेता पुष्पकमल दाहाल प्रचण्ड नै हुन्।

१०. यो देश कस्तो बनाउने पार्टी सरकार कसरी चलाउने यो जिम्मा प्रचण्डले लिनुपर्छ। प्रचण्डले मात्रै देशमा परीवर्तन गर्न सक्छन् ।

‘अब मोहन वैद्य किरण ,बाबुराम भट्रराई , विप्लव प्रचण्ड एक हुनुपर्छ’ : मनहर खतिवडा हिशिखर (भिडियो सहित)

Loading...

प्रतिकृया लेख्नुहोस्: