भाद्र ३१ गते, २०७६

प्रहरीले पक्राउ गरेको संभावित अपराधीलाई हायात होटलमा राखेर अनुसन्धान गर्न मिल्दैन : दिल निशानी (अन्तरवार्ता)

पटक हेरिएको

काठमाडौँ । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेका छन्। चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको थियो। लामिछाने न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन्।

राजनितिक विष्लेषक तथा पत्रकार दिल निशानी मगरले रवि लामिछाने जेल पनि जान सन्ने बताएका छन्। हिरासतमा राखेर रविलाई अनुसन्धान गर्ने अधिकार प्रहरीको हो , रविको नाम लिएर कोहि पनि जनताले सडक आन्दोलन गर्नु पर्दैन उनले भने। जति सुकै ठुलो होस् या सानो होस् , धनि होस् या गरिब होस् कानुन सबैलाई लाग्छ रवि दोषी हुन् कि निर्दोष हुन् त्यो अदालतले प्रमाणीत गर्छ। यिनै यस्तै विषयमा राजनितिक विष्लेषक तथा पत्रकार दिल निशानी मगरसँग नेपालटकका लागि आनन्द पुनप्रेम पाण्डेयले गरेको कुराकानी प्रस्तुत छ :

उनले नेपालटकसँगको कुराकानीमा भनेका छन्

१. सालिकराम पुडासैनी एक जना गरिब आत्मा हो, एक जना श्रमजिवि आत्मा हो ।

२. पुडासैनी पक्षमा अहिले धेरै मानिसहरु छैनन् , जो छन् तिनिहरुले पनि अभिव्यत्ति दिन सक्दैनन् ।

३. पुडासैनीको पक्षमा उभिनु , बोल्नु ठुलो पाप जस्तो भएको छ , धेरै मानिसहरुले पाप सम्झेका छन् ।

४. नेपाल प्रहरीले पक्राउ गरि सके पछि अनुसन्धान गर्ने हिरासत मै राखेर हो ।

५.प्रहरीले पक्राउ गरेको संभावित अपराधीलाई अन्नपुर्ण होटल, हायात होटलमा राखेर अनुसन्धान गर्न मिल्दैन, यो कुरा सबै मानिसहरुले बुझ्नु पर्छ ।
६. फाईब स्टार होटलमा रोखेर रविलाई अनुसन्धान गर्न मिल्दैन ।

७. चितवन प्रहरी प्रमुख दानबहादुर मल्लको ठाउँमा यदि रवि थिए भने पनि त्यही गर्नु पथ्र्यो ।

८. अपराधिहरुलाई कार्बाही गर्नु पर्छ भनेर ओकालत गर्ने पनि रवि नै हो ।

९. पूर्व राजा ज्ञानेन्द्र होस् या ओली – प्रचण्ड नै किन नहुन् दोषी ठहरिए कार्बाही हुन्छ ।

१०. अपराधी गर्ने जो कोहीलाई पनि पक्राउ गर्ने प्रहरीलाई छ ।

११. रवि लामिछाने जेल पनि जान सक्छन्।

१२. प्रहरीको कार्यलयमा तोडफोड गर्ने कार्यशैली गलत हो ।

प्रहरीले पक्राउ गरेको संभावित अपराधीलाई अन्नपुर्ण होटल, हायात होटलमा राखेर अनुसन्धान गर्न मिल्दैन
(भिडियो सहित)

Loading...

प्रतिकृया लेख्नुहोस्: