कार्तिक २५ गते, २०७६

‘अबको प्रधानमन्त्री प्रचण्ड नै हो’ : मन्त्री युवराज दुलाल (अन्तरवार्ता)

पटक हेरिएको

काठमाडौ । लामो समय पछि देशमा निकै ठुलो राजनिती परीवर्तन भएको छ। दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकार बनेको छ। सरकार पक्ष र सरकार विपक्ष बिच बेलाबेलामा चर्काचर्की नै पर्ने गरेको छ । । सत्ता विपक्ष अर्थात प्रतिपक्ष राजनीतिक दलका नेताहरुबाट मात्र होईन सत्तापक्षकै शिर्ष नेताहरुबाट पनि सरकारको तीव्र आलोचना भई रहेको छ।

केन्द्रको सरकार देखी प्रदेशको सरकार सम्मले राम्रोसँग काम गर्न नसको भन्दै प्रदेश सरकारको पनि आलोचना भई रहेको छ। चुनावि समयमा नेताहरुले जनताप्रती गरेका बाचा/ प्रतिबद्धता पुरा गर्न नसको भन्दै जनताहरु  प्रधानमन्त्रीप्रती असन्तुष्टी जनाई रहेका छन् । सरकारमा रहेका मन्त्रीहरुले जनताका गुनासाहरु सुन्न नचाहेको /नसुनेको भन्दै पछिल्लो समय जनताहरु सरकारप्रती आक्रमक ढङ्गमा नै प्रस्तुत हुने गरेका छन्।

के प्रदेश सरकारले साच्चै राम्रोसँग काम गर्न नसकेको हो त? वर्तमान सरकारले के गर्नु पथ्र्यो? केन्द्र सरकारले ल्याएको निति नियम सरकारले गरेका निर्णयहरु प्रदेश सरकारले गरेका कामहरु ठिक छन् कि छैनन्? सरकार र नेकपा पार्टीको बारेमा के भन्छन् त प्रदेश नं ३ का समाजिक विकासमन्त्री युवराज दुलाल! यिनै विषयवस्तुलाई केन्द्रीत गरेर नेपालटकका सम्पादक आनन्द पुन साथमा पत्रकार भुमिराज अधिकारीले प्रदेश नं ३ का समाजिक विकासमन्त्री युवराज दुलालसँग कुराकानी गरेका छन्।

उनले नेपालटकसँगको कुराकानीमा भनेका छन् :

१. सरकारमा युवाहरुको सहभागीता हुनुपर्छ , तब देश समृद्धको यात्रामा लम्कन्छ ।

२. सरकारमा कतिपय युवा नेता फुर्सलीदा भएका छन् , कतिपय बिजि भएका छन् , भने कतिपय पाका नेताहरु पनि बिजि भएका छन् कतिपय फुर्सलीदा भएका छन् ।

३. प्रचण्डसँग आइपुग्दा प्रचण्डले मलाई चिन्नु हुदैनथ्यो म जनमुक्ती सेनाको कमाण्डर थिए त्यो समय पनि चिन्नु हुदैन थियो । पछि मेरो कामले गर्दा चिन्नु भयो ।

४. प्रचण्डसँग नजिक भएर टिकट पाएको होइन, मन्त्री भएको होईन।

५. सिन्धुपाल्चोक जिल्लाका जनताको आकाङ्क्षा,पार्टी, संगठनको विश्वास पार्टीको सर्वसम्मत सहमतीमै म मन्त्री भएको हुँ ।

६. राजनिति पहुँचमा म मन्त्री भएको होईन, मैले मन्त्रालय समालेको होईन ।

७. म आम नेपाली जनताको मन्त्री हुँ ।

८. चुनावी समयमा जनता समु मैले गरेका प्रतिबद्धताहरु ८० प्रतीसत पुरा गरेको छु ।

९. जनताको सेवा गर्न प्रदेश सरकार तयार छ , प्रदेश सरकारले जनताप्रती नै लागानी गर्छ ।

१०. १ अर्व बजेट खेलकुदमा लगानी गरेका छोै , प्रत्येक जिल्लामा सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने छौ।

११. शिक्षा,स्वास्थ्य लगाएत थुप्रै क्षेत्रहरुमा प्रसस्तै लगानी गरेका छौ।

१२ं कर्मचारीप्रती मेरो कुनै गुनासो छैन, तर काम नगर्ने कर्मचारीहरुलाई कार्बही हुन्छ।

१३. काम गर्ने कर्मचारीलाई प्रत्साहन गर्छु ।

१४. अबको प्रधानमन्त्री प्रचण्ड नै हो ।

१५. पार्टी एकता सही हो गलत भन्न मिल्दैन ।

१६. प्रचण्ड र केपी ओली दुवै हाम्रो नेता हुन् ।

यिनै /यस्तै विभिद विषयमा केन्द्रीत भएर प्रदेश नं ३ का समाजिक विकासमन्त्री युवराज दुलालले खोले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने यस्तो गोप्य रहस्य (भिडियो सहित)

Loading...

प्रतिकृया लेख्नुहोस्: