मंसिर ४ गते, २०७६

‘गौतम बुद्ध भारतमा होईन, नेपालमै जन्मिएका हुन्’ : अरुणा बासुदेव, भारतीय फिल्ममेकर (अन्तरवार्ता)

पटक हेरिएको

काठमाडौ । भारतीय चर्चित फिल्ममेकर तथा डाईरेक्टर अरुणा बासुदेवले गौतम बुद्धको जन्म भारतमा नभईकन नेपालमै भएको बताएका छिन् । बुद्धको जन्म भारतमा होईन नेपालको लुम्बिनीमा भएको उनले दाबी समेत गरिन् ।

कतिपय खुला सीमा र नेपाल भारतबिच सिमाङ्कन नहुँदा गौतम बुद्ध भारतमा जन्मीएको भनि प्रचार-प्रसार गरिएता पनि त्यो गलत प्रचार भएको उनले बताईन्। बुद्ध अरु कुनै देशमा नजन्मीएर नेपालमै जन्मिएका हुन् ,बुद्धको जन्म स्थान नेपालको लुम्बीनी नै हो उनले भनिन् ।

नेपालटकसँगको कुराकानीमा अहिले विश्वको जुनसुकै कुनामा बुद्धको शन्देश पुगेको भारतीय फिल्ममेकर बासुदेवले बताईन्। नेपाल सुन्दर देश हो नेपालको धर्म संस्कृति,परम्परा असाध्यै राम्रो भएको र आफुलाई मन परेको पनि उनले बताईन् । उनले फरक प्रशंगमा भनिन् -‘नेपाल समृद्ध हुने आधारहरु धेरै छन् , त्यसैले यहाँको विकास यहाँकै नेपालीहरुले गर्नुपर्छ’। भारतले पनि नेपालका लागि धेरै सहयोग गरेको छ , भने नेपालले पनि भारतका लागि उत्तिनै साथ सहयोग गरेको छ , अबका दिनमा पनि दुवै देशबिच झनै सम्बन्ध समधुर बनाएर लैजानु पर्ने उनले बताईन्।

अब नेपाल भारतबिचको सम्बन्ध पहिलेको भन्दा पनि झनै मजभुत हुनु पर्ने उनको भनाई थियो ।

गौतम बुद्ध भारतमा होईन नेपालमै जन्मिएका हुन् : अरुणा बासुदेव, भारतीय फिल्ममेकर (भिडियो अन्तरवार्ता) 

Loading...

प्रतिकृया लेख्नुहोस्: