आश्विन २९ गते, २०७६

विप्लव समूहको प्रतिबन्ध पछि लेखियो चर्चित कविता “प्रतिबन्धित”

पटक हेरिएको

कम्रेड!
समुह मात्र होइन
अब विचार पनि
प्रतिबन्धित हुनु पर्छ,

मेरो देशमा
दिन दहाडै बलात्कार हुने
चेली पनि
प्रतिबन्धित हुनु पर्छ,

सरकार!
गणतन्त्रको निम्ति
वावुले टाउको

दाइले हात
भाइले खुट्टा
बहिनीले सिन्दुर चढाइन
तर आएन
अझै
निरहत्याहरुको
गणतन्त्र,
अब गणतन्त्र
पनि,
प्रतिबन्धित हुनु पर्छ,

गोलिका आलो घाउहरु
रगतका छिट्टाहरु
अनि निरहिय आमाका
आँसुका बाछिट्टाहरु
बमले धोस्त भएका
सहयोद्धाका पेटहरु
सबै-सबै
प्रतिबन्धित हुनु पर्छ,

प्रतिबन्ध!
बन्दुकको नाल होइन
बिद्रोहको मसाल होइन
कम्रेड,
अब-
मुक्तिको ज्वाला
श्रमिकको औजार
पीडितको न्याय
दलितको अपमान
मदेशीको बिल्ला
नारीको नग्नता
कविता लेख्न
मलाई पनि
प्रतिबन्धित हुनु पर्छ!

चर्चित “प्रतिबन्धत” कविताका लेखक श्याम रोक्का अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य पनि हुन्

Loading...

प्रतिकृया लेख्नुहोस्: