आश्विन २९ गते, २०७६

खोई ? के के मा दुख्यो जिन्दगी!-दुर्गा प्रधान

पटक हेरिएको

घर धान्ने बहानाहरूमा सपनाहरू टुटे ईच्छाहरू बन्दक भए ! तब जिन्दगी दुख्यो!
जब बाचाहरू तोडिए बाटो छोडिए विश्वास धरमरायो तब जिन्दगी दुख्यो !

जब न्याय सुनिएन गुण देखिएन खईरो खनियो तब जिन्दगी दुख्यो! कहिले चोटले दुख्यो कहिले खोटले दुख्यौ ! तर जिन्दगी दुख्यौ !

जब बन्धुत्व नास हुन्छ! मानवतनमा हा«स आउछ ! भावनाको उपहास भयो तब जिन्दगी दुख्यो!

जब खुशी आंखाबाट झर्यो निन्द्रा भग भयो आफ्नै छांया दुश्मन भयो !तब जिन्दगी दुख्यो !

जब विलासिता जाग्छ नैतिकता भाग्छ ! अनि स्वाभिमान झुक्छ ! तब जिन्दगी दुख्छ !

जब मन दौडिन्छ कोलाजहरूमा ह्दय कठोर हुँदै जान्छ ! कोमल मुटुमा चोट पर्छ ! तब जिन्दगी दुख्छ !

जब दिलको घाऊ बल्झिन्छ! अतीत झल्कीन्छ दिमाख खल्ब लिन्छ !तब जिन्दगी दुख्छ !

जब आसा हराउछ ! निरासा पलाउछ मनमा अनि आखा रसाउछ ! तब जिन्दगी दुख्छ !

खै के ? के ? ले दुख्छ ! यो जिन्दगी अन्यास पक्कै दुख्दैन ! यो जिन्दगी। अनि दुखाईहरू मै जिन्दगी भेटिने रहेछ!

Loading...

प्रतिकृया लेख्नुहोस्: