कार्तिक ६ गते, २०७६

‘तिरस्कृता’ लिएर आउँदै छन् प्रविण

पटक हेरिएको

काठमाडौं । अति व्यस्त जिवनशैली र भौतीकवादको चरम उत्कर्षमा पुगेका बेला तिरस्कृतालाई मान्छेले कसरी पछ्याउँदै छ भन्ने बारेमा झापाका प्रविण निरौलाले अस्ट्रेलियाबाट साहित्यिक सिर्जना मार्फत पहिलो उपन्यास ‘तिरस्कृता’ लिएर आउँदैछन्। उपन्यास बढ्दो भ्रुण हत्यालाई केन्द्रविन्दुमा राखेर लेखिएको छ। असोज दोस्रो हप्ता नेपालमै सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेका निरौलाले उपन्यासमा पूर्वीय सांस्कारिक बन्धन र पश्चिमेली स्वतन्त्रतालाई समिश्रण (फ्यूजन) गरेको बताएका छन्।

अन्तरिक्ष, ब्रम्हाण्ड, इश्वरीय दैवी शक्ति, भौतिकता, आध्यात्मिकता, मानवीय चेतना, भावना, अन्धविश्वास लगायत विषयहरुलाई जोड्दै तिरस्कृता उपन्यास तयार पारेको निरौलाले बताए। भौतिक जगतमा भएका समस्या र पीडाहरुदेखि आध्यात्मिक जगतको अदृष्य पाटोलाई जोडेर ब्रम्हाण्डको रहस्य र अन्य ग्रहहरुमा भएका जीव र जीवनसँग जोडिएर लेखिएको उपन्यास नै तिरस्कृता भएको प्रविण बताउँछन्।

तिरस्कृता एउटा काल्पनिक ग्रह हो जहाँ जीवात्माहरू रहन्छन्। समाजमा विभिन्न ढंगले तिरस्कृत भएर, भु्रण हत्या, अकालमा मृत्युवरण गरेका आत्मा बस्ने काल्पनिक ग्रह तिरस्कृतामा ध्यान गरि आध्यामिक आनन्दलाई केन्द्रविन्दु बनाइ चरम सुखानुभूती अनुभव गर्ने विषयलाई उपन्यास मार्फत उनले उतार्ने प्रयास गरेको बताए। ब्रमाण्डका ग्रहबीच जीव र जीवनको परिकल्पना सहित समय समयका घटना परिघटना जोडिदै कथा बगेको उनको दाबी छ।

नेपाली साहित्यमा पहिलो पटक नयाँ शैलीको प्रयोग र कोण साइन्टिफिक फिक्सन (साइफाइ) शैलीमा लेखिएको उपन्यास श्रृङ्खलाबद्ध अन्य भाग पनि क्रमश आउने उनले बताए। उपन्यासमा दुई मुख्य पात्र भएपनि बीचमा अन्य धेरै पात्र आउने जाने छन् । प्रविणले भौतिकवादलाई पछ्याउँदै चरम उत्कर्षमा पुगे पछि त्यसबाट मानिस कसरी विरक्तिएर शान्तिको खोजीमा भौतारिन्छन् भन्ने पाटोलाई पनि उपन्यासलाई आध्यात्म सँग जोड्ने प्रयास गरेका छन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: