हामी र हाम्रो देश - Nepal Talk
जेष्ठ २३ गते, २०७७

हामी र हाम्रो देश

पटक हेरिएको

 डिबि प्रसाद बुढा

नेपालीको रनवन रसिलो बिश्वले भन्न पाए
रम्दै पुज्छौ जब अतिथिहरू घुम्न नेपाल आए
ठूला यी भारत र चिन दुवै हेर हाम्रा छिमेकी
ताक्दैनौ भो मुख अरु तिरको बन्छ राष्ट्रै निमेकी

बढ्छौ हामी अझ पर पर त्यो रुग्ण संस्कार फाल्न
सक्छौ हामी तन मन धनले देश हाम्रै उचाल्न
स्वर्गै लाग्ने मधुमय थलको गर्विलो रैछ चोला
हाम्रो जस्तो मधुकर जननी विश्वमा छैन होला

नेपालीको उठबस हँसिलो हेर संसार भुल्ने
नेपालैमा हिमशिखर छनी चम्किलो घाम खुल्ने
मानौ राम्रो अब सब सकियो धर्तिमा छैन सानै
बाँकी हाम्रै छ सुरम्य थल यो खालि नेपालमानै

शिल्पी बन्दैअब मधुवनमा मन्द मुस्कान हाँसौ
हामी जैल्यै निडर मन लिई विश्वको सामु बाँचौ
अफ्ठ्यारोमा अघि अघि पद यो चाल्नु पर्नेछ मित्र
पुग्ने छैनौं अविरल नहिडे भिन्न गन्तव्य भित्र

Loading...

प्रतिकृया लेख्नुहोस्: