नेपालको अंग यो लिम्पियाधुरा - Nepal Talk
जेष्ठ १६ गते, २०७७

नेपालको अंग यो लिम्पियाधुरा

पटक हेरिएको

गिरीप्रशाद बुढा

हेप्छ नङ्ग्रा फिजाएर तर्साउँदै र्याल उसले चुहाउँदै
फेर्छ नक्सा उ साम्राज्यवादी बनी मित्रता यो गुमाउँदै !
आज नक्सा बदल्दैछ सीमा मिची के गरौ मित्रका कुरा
खान खोज्दै छ कि कतै नेपालको अंग यो लिम्पियाधुरा।

नीति साम्राज्यवादी छ इन्दीयको नाम अर्को छ भारत
साँध मिच्ने मिचाहा हुने हो भने गर्न सकिन्न स्वागत!
देश निल्ने तयारी गरेको छ कि के छ इन्दीयको कुरा
निल्न दिन्नौ यहाँ शान्त नेपालको अंग यो लिम्पियाधुरा ।

रक्त हामी चढाइ दिनेछौं सधै, देश बोकेर काँधमा
देशको मुक्तिमा ज्यान सुकाउँदै बस्नु पर्नेछ साँधमा!
देशको भक्त हौ छोड्न सकिन्न यो देश भक्ति हुने कुरा
पूर्व मेची र पश्चिम काली जुटे बच्छ यो लिम्पियाधुरा

देशको निम्ति केही नबोले झनै त्यो दलाली गनाउछ
देशमा प्राण यो सुम्पने हेतुले रक्त आस्था जगाउछ!
देशद्रोही कुनै जन्मदै पो छ कि लौ न हामी बुझौ कुरा
बेच्न खोज्दैछ कि फेरि नेपालको अंग यो लिम्पियाधुरा।

Loading...

प्रतिकृया लेख्नुहोस्: