नारी र सहनशीलता अनि जीवन - Nepal Talk
जेष्ठ २३ गते, २०७७

नारी र सहनशीलता अनि जीवन

पटक हेरिएको

लक्ष्मण चौलागाईं ‘विद्रोही’

झुप्रोमा जन्मिएकी एक अवला नारी
सबल बन्ने सपना देख्छिन्
अनि उनी विदेश हानिन्छिन्
फर्किएर घरमा आउदा अर्कि नै पो देखिन्छिन्।
त्यसपछी छियाछिया हुन्छ उनको मन
सोच्छिन मेरा सपना धुला भए
सहारा नै अर्कै द्वारा खोसिए
श्रमका अमुल्य पसिना पोखेर
सारा सपना सजाएर मातृभुमी फर्किएकी उनी
के थाहा कर्मघरले ठगेको उनलाई
माइतिले दिएको थोरै जमीनमा
एउटा सानो झुपडी बनाउछिन्।

हिम्मत हारेकी हुन्नन् उनी
तिनै लालाबालाको भविष्य सम्झिन्छिन्
चुडिएको मुटुको घाउ
कसैलाई देखाउन्नन्
सहन्छिन सकेसम्म धर्ती झै सहनशील भएर
सम्झिन्छिन अजङ्गको पहाड जत्रो रित्तो जिन्दगी
भक्कानिन्छिन् भित्र भित्रै तर।।
परोपकारमा आफुलाई समर्पण गर्दै
भारी लाग्दो जीवन कथासंग कहिलेकसो झस्किन्छिन्।
सपनाहरू बोकेर विदेशिएकी उनी
खुसी लिएर कर्मघर जादा
खुसीहरु पखालिएको दर्दनाक जिन्दगीलाई सहजै स्विकार्छिन्।

उनलाई न अड्डा न अदालत
न कुनै प्रतिस्पर्धा र झमेला
न लोभ न लालच केही छैन
कुनै आपत्ति पनि छैन
कारण चुडिएको जिन्दगीको खोसिएको भाग्यले उनलाई अब अगाडीको बाटो हेर्न र देख्न प्रेरणा दिएको सम्झिन्छिन् ।

आधा जिन्दगी सकि सकियो
अब बाकी जिन्दगी खै कहिलेसम्म हो
सन्तानको सुख र खुसिको लागि
बाकी मेरा सपनाहरू हो
यस्तै भन्छिन् ।

अवला नारी तर सबल छन उनका परिचयहरु
आमा,दिदी,छोरी,बुहारी सबै सबै छन उनका पहिचानहरु
तिनै परिचय र पहिचानले अब्बल संघर्षमा खट्छिन दिनरात उनी
आगामी दिनका सुन्दर सपनाहरू
बिगतका निर्मम घातहरुलाई बेवास्ता गर्दै
सत्कर्ममा लिहिन हुन्छिन उनी
जन्म नारिको भए पनि कर्म वीर र साहसीको जस्तै
उनका छन विशेषताहरु।

खाडीको विरानो आकाशमुनी
रगत बफाउने घाममा सेकिएर
सस्तोमा श्रम गर्न गएकी उनी
फर्किदा बिरानो खाडी भन्दा पनि मरुभूमि जस्तो बनाइ दिएछन् उनले उनको घर
अनि नारिको विकल्प कर्मले ठगेपछी
सहारा अब त्यही जन्मघर
यस्तैमा चित्त बुझाउछिन् उनी।

आफ्नो अस्मिता प्रती जति सचेत छिन उनी
त्यति नै उनी मुलुकको चिन्ता गर्छिन
कहिले विद्रोहको मसाल बाल्नुपर्छ भन्छिन
कहिले अन्याय विरुद्द लड्नुपर्छ भन्छिन
तर
उनी धोखेबाजलाई पनि सुखकै कामना गर्छिन्
दुख त मेरो भाग्य हो
दोष कसलाई नै दिनु र
यो मेरो जन्मको चिनो र टिको रहेछ
यस्तै यस्तै भन्छिन्।

कति होलान घाउहरु त्यो जिन्दगीका कुइनेटाहरुमा
कति होलान पीडाहरु त्यो जीवनीको अन्तस्करणमा
कति थिए होलान बिरानो भूमीबाट कर्म घरको एयरपोर्ट उत्रदा
तर ।।
सप्तकोसीको छालले र तमोरको भेलले बगाइ दिएछ उनको आत्मकथा
उनको मर्माहत जीवन कथा।
तैपनी
हारेको छैन मैले भन्छिन्
मैले जित्नु त केही पनि छैन
तर पनि मैले मेरो जीवन देखि हार खानु छैन भन्छिन
सहनशीलताकि प्रतीक
धैर्यताकी सारथि
साहस र ढाडसले आफुलाई आफै मजबुत बनाउछिन उनी
र भन्छिन मलाई भाग्यले हार भनिदियो
मैले सुनें तर उसले नहारोस

रित्तो आएको हो धर्तीमा
रित्तै जानुछ खै कहाँ
तर मैले पनि मेरो जिन्दगीको पुरस्कार पाएं
मेरो अभावमा उसले धैर्यता गुमायो
मेरो साथलाई उसले तिरस्कार रुचायो
हो अनि म तिरस्कृत नारी
कलंकृत त भएको छैन नि
तर उ मेरो अस्मितामा रमाउनु रमायो
ठिकै छ म यहि भोग्न जन्मेकी थिए
भोग्नु अझै कति छ
सहने पात्र म
धर्तीको पर्याय बन्दै सहन्छु ।।

Loading...

प्रतिकृया लेख्नुहोस्: