नेपाल आमाको चीत्कार - Nepal Talk
जेष्ठ २३ गते, २०७७

नेपाल आमाको चीत्कार

पटक हेरिएको

-लक्ष्मण चौलागाई ‘विद्रोही’

म आज घायल र विक्षिप्त छु
मृत्युशैयामा छट्पटीएकि छु

मेरा हातखुट्टा मात्रै काटिएका छैनन
मेरा अस्मिता पनि केही जोगिएका छैनन

घाटीभन्दा तल टुक्राटुक्रा म बाकी केही पनि छैन
म मुर्छित अवस्थामा ढलेकि होस हवास केही छैन

वैदेशिक ऋण नखाउ है छोराछोरीहरु हो
यसैले म आज क्षेतविक्षेत भएकी हो

लिपुलेक मेरो छाती हो जो प्वाल परिसक्यो
कालापानी मेरो मुटु हो जो चुंडिइसक्यो

महाकाली मेरो मृगौला जो लुटिइसक्यो
सुस्ता र टनकपुर मेरो कलेजो जो लुछिइसक्यो

र त म घायल छु विक्षिप्त छु
मृत्युशैयाको बेहोसीमा ढलेकी छु

अब म मर्दै र मारिदैछु मेरा सन्ततीहरु हो
मेरो अस्मिता अब खै के पो बाकी भो

बग्ला फेरि मेरा मुटुहरुको समुन्द्र सरि रगत
यसैले होला मेरो प्राण गएन फगत

विक्षिप्त भै रक्ताश्रु बलिन्द्रा मैले बगाइरहदा
राजनितीका विलासेहरुले होली वाइन निलिरहदा

म बोल्न नसक्नेभएकी छु
मेरो अन्तिक वचन म मर्न लागेकी छु

विलासेहरुले मेरा अंगभंग काटेर बेचिरहदा
मेरा चोक्टा होली वाइनका सितनहरु बनिरहदा

म कति रोएं कति चिच्याएं
तर विलासे नशामा चुर भै लगपगाइरहदा

म मुर्छित भै नराम्ररी पछारिएं
अब उठ्न सक्दिन म सदाको निम्ति ढलिरहें

मेरो अस्मिता मैले सदाको लागि गुमाएं
मेरा अंग सबै मैले नराम्ररी हराएं
😭😭😭
( सिन्धुपाल्चोक)
( हाल : काठमाडौं ,नेपाल)

Loading...

प्रतिकृया लेख्नुहोस्: