मंसिर २ गते, २०७६

सरकारी रकममा कालिकोटका जनप्रतिनिधिहरुको मोजमस्ती

पटक हेरिएको

कालिकोट । जिल्लाको (कालीका)  हालको शुभकालिका गाउँपालिमा सरकारी रकममा ब्यक्तिहरुको मनोमानी चल्ने गरेको पाइएको छ । गाउँपालिकाले एक जना ब्यक्तिलाई ४० लाख सापटी दिएको र त्यो पैसा समयमा खातामा जम्मा नहुँदा सरकारी रकममा ब्यक्तिको रजाई हुने गरेको रहस्य खुलेको हो।

राष्ट्रिय वाणिज्य वैंक वानेश्वर शाखावाट २०७५ साल असार ४ गते कालिका गाउँपालिकाको खाता नम्वर ४१२०३०४०१८१०७ मा जम्मा भएको ३० लाख रुपियाँको भौचर सार्वजनिक भएपछि सरकारी रकम व्यक्तिलाई दिइएको रहस्य खुलेको हो ।

कृषि बिकास बैकको चेक नम्वर ००१२३३६२८४ वाट ३० लाख रुपियाँ गाउँपालिकाले एक जना ठेकेदारलाई कमिसनमा चलाउन दिएको तर ठेकेदारको ठेक्का नपरेका कारणले पैसा नलिएर होल्डमा वसेका वेला आफूले केही महिना चलाएर फिर्ता गरिदिएको स्थानीय मिनराज शाहीले बताए।

उनले प्रवलजङग शाहीको एकल निर्णयले आफूमार्फत निर्माण ब्यवसायी तारा शाहलाई सापटी दिन खोजेको तर शाहको ठेक्का नपरेका कारणले लिन नमाने पछि पैसा आफूले राखी इमान्दारिताका साथ गाउँपालिकालाई फिर्ता पठाएको उनले जनाए।

उनकाका अनुसार ४० मध्ये एपटक ३० लाख र अर्को पटक १० लाख गरी आफुले इमान्दारिताका साथ गाउँपालिकालाई रकम पठाइएको छ। उनले यस कार्यमा आफ्नो कुनै दोष नभएको पनि जिकिर गरे। शाहीले तारा शाहीलाई दिन तयार भएको कागज समेत आफूसंग रहेको उल्लेख गरे।

यता गाउँपालिका अध्यक्ष खडानन्द चौलागाइले भने ठेकेदार अरु कोही नभएर मिनराज शाहीलाई नै रकम दिएको र समयमा काम नहुँदा महालेखा परीक्षक जिल्लामा आएकाले रकम फिर्ता गर्न लगाएको दावी गरे। अध्यक्षले सुरुमा पैसा जान्छ आउँछ पैसाको काम त्यस्तै हो भनेर जवाफ दिनु भएको तर पैसा त्यसरी वाहिर गएको वारेमा जानकारी नभएको भन्दै तत्कालीन निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रवलजंग शाही मार्फत पैसा पेश्की वापत गएको र पछि काम नहुँदा उहाँले नै फिर्ता मागेकाले वानेश्वर वाट जम्मा भएको बताए।

तत्कालीन प्रमुख प्रशासकिय अधिकृत प्रवलजङग शाहीले भने जसले भौचर पठायो, उसैलाई सोध्न अनुरोध गरे। हाल खाँडाचक्र नगरपालिकामा काम गरि रहनु भएका शाहीले मिनराज शाहीले आफूले पछिल्लो ठेक्का नपाएका कारणले पुराना कुराको खोजी गरी वदनाम गर्न खोजेको आरोप लगाए। गाउँपालिका वडा नं ५ का अध्यक्ष केशनवहादुर शाहीले आफूले कमिसन आउँछ भनेर पैसा ठेकेदारलाई सापटी दिएको हल्ला सुनेको तर सत्य कुरा के हो भन्ने वारेमा जानकारी नभएको जनाए ।

उनले प्रमाण केही भए सार्वजनिक गर्न अनुरोध पनि गरे। जसले जसरी लिएपनि सरकारी पैसा सापटी दिन नहुनेमा वडा अध्यक्ष शाहीको भनाइ छ। उसो त गाउँपालिका अध्यक्ष र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजङग शाहीको मिलिमतोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट खटाइएका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेलाई तीन पटकसम्म हाजिर हुन नदिँदा उपाध्यक्ष लगायत वहुमत वडा अध्यक्षहरुले कार्यपालिका वैठकमा सहभागी नहुने बिज्ञप्ति मार्फत जानकारी गराएका थिए। पाण्डेलाई हाजिर हुन नदिएर नै उनी फिर्ता जानु भएको थियो। वहुमत जनप्रतिनिधिको बिरोधका कारण प्रवलजङग शाहीलाई खाँडाचक्र सरुवा गरिएपछि आन्दोलन फिर्ता लिएको थियो।

 

Loading...

प्रतिकृया लेख्नुहोस्: