आश्विन १ गते, २०७६

शुभकालिका गाँउपालिकामा भ्रष्ट्रचार : सडक खण्डमा छुट्यायको १५ लाख हिनामिना

पटक हेरिएको

कालिकोट । जिल्लाको शुभकालिका गाँउपालिकाले ब्याउले पान्तडि सडक खण्डमा छुट्यायको १५ लाख रुपैया हिना मिना भएको पाईएको छ। डोजर लगाएर कार्य गरिएको उक्त सडकमा काम गर्न नगएका स्थानियहरुको आठ लाख बराबरको कृते डोरहाजिर बनाउन लगाएर गाँउपालिकाले भुक्तानि दिएको छ। गाँउपालिकाका प्राबिधिक अनिपाल शाहीका अनुसार भ्याटबिल पेश गरि भुक्तानि दिदा उपभोक्तालाई फाईदा नहुने हुदा आफुले कृते डोरहजिर भरेर भुक्तानि दिन लगाएको बताए।

जिल्लामा उपभोक्ता समिति गठन गरि गाँउपालिकाको पन्द्र लाख हिना मिना

आर्थिक वर्ष २०७४/०७५ मा सोहि सडक खण्ड निर्माण गर्न चवन्न लाख रकम बिनियोजन गरिे कार्य सम्पन्न भै भुक्तानि दिइएको थियो र सोही आर्थिक बर्षमै उदारो काम गर्न लगाए र यो आर्थिक वर्षमा पालिकाले १५ लाख रकम सोहि सडमा छुट्याए पनि सो रकम काम गर्ने मालिकको हातमा नपर्दै हिना मिना भएको छ।

पहिले गठन गरेको उपभोक्ता समितिका अध्यक्ष लाई थाहान दिई समिति फेरबदल गरि जिल्लाको सदरमुकाम मान्ममा अर्को समिति गठन गरि रकम भुक्तानि लिई समितिले नै हिना मिना गरेको डोजर मालिक गोर्ख बहादुर खत्रिले आरोप लगाएका छन्।

पहिलो आर्थिक वर्षमा सडक निर्माण कार्य गरेको एच.बि.के.कन्स्ट्रक्सन खानि खोला–२, सुर्खेत संग पुन सोही ठाँउको सडक निर्माण कार्य अगाढि बढाउने भनि पालिकाले निर्णय गरि निर्माण कार्य गर्न लगाएको डोजर मालिक गोर्ख बहादुर खत्रिले बताए। उनले भने, ‘आर्थिक वर्ष २०७४/०७५ को अन्तिममा पुन डोजर लगाई सडक निर्माण कार्य गर्न लाग्दा पालिकाले केहि चाँसो नदेखाउदा आधा काम गरेर बिचमै रोक्नु परेको थियो।

मलाई घण्टा अनुसार काम गर्न लगाइएको थियो सोहि अनुसार कार्य गरियो कार्य गर्न लागेको एक महिनामा भुक्तनि मागे पालिकाले वास्था नगरेपछि काम रोक्न बाध्य भए। मैले साउन महिना देखि भदौ सम्म काम गरेको करिव बाईस लाख हुन आउछ तर पालिकाले सो रकम दिन नसकिने भन्दै पन्द्र लाख भुक्तनि दिने भनेको थियो तर अर्को आर्थिक वर्ष बिति सक्दा पनि सो रकम आफुले नपाएको उनको भनाई रहेको छ। आफुलाई आठ लाख पचास हजार सात सय पचास को भ्याट बिल पेश गर्न लगाए तर खातामा अहिले सम्म पैसा जम्मा गरेका छैनन्।’

उपभोक्ता समितिका अध्यक्ष दिप बहादुर शाहीका अनुसार पालिकाले चौध लाख समितिको नाममा हालेको र दशलाख डोजर मालिकलाई उपलब्ध गराईसकेको बाँकि चारलाख रकम समितिका आठ, नौ जनाले बाडेर खाएको बताए। उनले भने हामिले जिल्ला बाहिरको ठाँउमा आउदा जादा खर्च भएको थियो तेही भएर अलि अलि बाँडेर खाएका हौँ। उक्त कार्यमा समाबेश गरिएका कृते डोरहाजिरि अहिले उपलब्ध गराउन नसकिने प्राबिधिक शाहीले बताए।

Loading...

प्रतिकृया लेख्नुहोस्: