आश्विन २९ गते, २०७६

‘राजधानी कुनै हालतमा सार्न दिन्नौं, प्रदेशको नाम पनि सच्याऊ’

पटक हेरिएको

कैलाली । सात नम्बर प्रदेशको राजधानीको नामाङ्कनका विषयलाई धनगढीमा आन्दोलन सुरु भएको छ । संसदीय समितिले तयार पारेको प्रतिवेदनमा प्रदेशको राजधानी गोदावरी र प्रदेशको नाम सुदूरपश्चिम राख्न सुझाव दिएसंगै असन्तुष्टि जनाउँदै धनगढीवासीले प्रदेश सभाको बैठक चलिरहेका बेला प्रदेशको संसद भवन घेराउ गरेका छन्।

उक्त प्रतिवेदन सोमबारको प्रदेशसभा बैठकमा पेश गरिएसंगै प्रदेशका विभिन्न क्षेत्रबाट विरोध सुरु भएको छ । धनगढीवासीले सिमांकन र नामांकनमा हेरफेर नगरिए माग पूरा नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

उनीहरुले धनगढीबाट कुनैपनि हालतमा राजधानी सार्न नमिल्ने र प्रदेशको नामाकरण पनि सच्याउन माग गरेका छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: