आश्विन २९ गते, २०७६

प्रदेश ७ को सभा भवन घेराउ, सांसदलाई प्रहरीको गाडीबाट संसद भवन छिराईदै

पटक हेरिएको

धनगढी । प्रदेश ७ को राजधानी सार्ने विषयमा प्रदेश सभामा छलफल गर्ने तयारी भईरहेका बेला स्थानीयबासीले प्रदेश भवन घेराउ गरेका छन्। ठुलो संख्यामा उपस्थित भएका सर्वसाधारणले प्रदेश भवन घेराउ गरेपछि ११ बजेपछि सुरु हुने संसद बैठकमा जान सांसदहरुलाई कठिन भएको छ ।

सभा भवन ओरपर ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ । त्यसका बाबजुत सांसदहरुलाई बैठक कक्ष प्रवेश गर्न कठिन भएपछि प्रहरीकै गाडीमा राखेर भवन भित्र छिराईएको छ ।

११ बजेदेखि संसदको बैठक बस्ने र राजधानीका विषयमा छलफल गर्ने तयारी भएपछि धनगढीबासीले बिहान ९ बजेदेखि नै संसद भवन घेराउ गरेका हुन् । केही दिन अघिको संसद बैठकमा प्रदेश ७ को स्थाई राजधानी गोदावरीमा बनाउने प्रस्ताव संसदमा पेश भएको थियो । सो प्रस्तावको बिरोधमा स्थानीयबासी आन्दोलित हुदै आएका छन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: