आश्विन २९ गते, २०७६

स्थानीयको बिरोध पछि प्रदेश ७ को संसद बैठक स्थगित

पटक हेरिएको

धनगढी । प्रदेश ७ को संसद बैठक स्थगित गरिएको छ । प्रदेश ७ को राजधानी सार्ने विषयमा प्रदेश सभामा छलफल गर्ने तयारी भईरहेका बेला स्थानीयबासीले प्रदेश भवन घेराउ गरेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

ठुलो संख्यामा उपस्थित भएका सर्वसाधारणले प्रदेश भवन घेराउ गरे अहिले नाराबाजी गरिरहेका छन्। संसद बैठकमा राजधानीका विषयमा छलफल गर्ने तयारी छ । केही दिन अघिको संसद बैठकमा प्रदेश ७ को स्थाई राजधानी गोदावरीमा बनाउने प्रस्ताव संसदमा पेश भएको थियो। सो प्रस्तावको बिरोधमा स्थानीयबासी आन्दोलित हुदै आएका छन ।

Loading...

प्रतिकृया लेख्नुहोस्: