आश्विन २९ गते, २०७६

महिलाहरूलाई आरक्षण छोडेर प्रतिस्पर्धामा आउन प्रधानमन्त्रीको आग्रह

पटक हेरिएको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरूलाई आरक्षण र संरक्षणमा भन्दा पनि क्षमतामा अब्बल र प्रतिष्पर्धामा विश्वास गर्न आग्रह गरेका छन्। राष्ट्रिय महिला उद्यमी महासंघले बिहिबार ललितपुरको सानेपामा आयोजना गरेको ुतेस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताए।

प्रधानमन्त्री ओलीले आरक्षण केही समयका लागि मात्र भएकाले यो पछि काम नलाग्ने बताए। ‘आरक्षण भनेको केही समयका लागि मात्र हो। यो पछिका लागि काम लाग्दैनु‍, प्रधानमन्त्री ओलीले भने। महिलाहरूले ३३ प्रतिशत सहभागीताको माग गरेपनि स्थानीय तहदेखि संघीय संसद्सम्म ४१ प्रतिशत प्रतिनिधित्व भएको र यसलाई बढाएर छिट्टै ५० प्रतिशत पुर्‍याउने प्रधानमन्त्रीले बताए।

‘महिलाहरूले सुरुमा ३३ प्रतिशत आरक्षण माग्नुभएको थियो’ प्रधानमन्त्री ओलीले भने ‘स्थानीय तहदेखि संघीय संसदसम्म हेर्ने हो भने अहिले महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगेको छ। यसलाई हामी छिट्टै ५० प्रतिशत पुर्‍याउदैछौं।’ अखिल नेपाल महिला संघको अगुवाइमा दशक अघि सुरु भएको ३३ प्रतिशत आरक्षणको उपलब्धी अहिले ४१ प्रतिशतमा पुगेको प्रधानमन्त्री ओलीले बताए।

महिलाहरूको आर्थिक सबलीकरण नभएसम्म प्रतिष्पर्धी क्षमता विस्तारमा केही कठिनाइ हुने भएकाले त्यसतर्फ पनि ध्यान दिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। ‘घरेलु उद्‍ममार्फत महिलालाई आर्थिक रुपमा शसक्त बनाउन सकिन्छ’ प्रधानमन्त्री ओलीले भने ‘महिला उद्यमीहरूले निर्यातजन्य वस्तुको उत्पादन गर्न सके आर्थिक स्तर उकासिन धेरै समय लाग्दैन।’ प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठन एउटा नियमित प्रक्रिया भन्दा फरक रहेको बताएका छन्।

‘यो सरकार परिवर्तन मात्र होइन। यो प्रणालीको परिवर्तन हो। सरकारको उद्देश्यको परिवर्तन हो’ प्रधानमन्त्री ओलीले भने। वर्तमान सरकारले देश निर्माण र जनताको हितबाहेक अरु कुनै कुरा नसोचेको प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीले मेलामा प्रदर्शनीका लागि राखिएका घरेलु उत्पादनका सामग्रीहरुको निरिक्षण पनि गरेका थिए।

Loading...

प्रतिकृया लेख्नुहोस्: