श्रावण ३२ गते, २०७६

बौद्धमा स्थानीय र प्रहरीबीच झडप : स्थानीयमाथि लाठी र अश्रुग्यास प्रहार

पटक हेरिएको

काठमाडौं । बौद्ध–जोरपाटी सडकखण्ड वर्षौंसम्म पिच नभएको भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएपछि तनाव उत्पन्न भएको छ। स्थानीय र प्रहरीबीच झडपसमेत भएको थियो। आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तनाव उत्पन्न भएको हो। आन्दोलनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने प्रहरीले लाठी र अश्रुग्यास।

प्रदर्शनकारीले बालेको टायर निभाउन प्रहरी हेडक्वार्टरको दमकल पुगेपनि पानी फाल्ने पाइप नै नखुलेपछि समस्या भएको छ। अहिले प्रहरी केही पछि हटेर बौद्धनाथ स्तुप आइपुगेको छ भने प्रदर्शनकारी करिब ५ सय मिटर टाढा जोरपाटीमा छन्। चुच्चेपाटी–साँखु सडक विस्तार योजना सुरु भएपनि अहिलेसम्म पूरा नभएपछि स्थानीयले बुधबारदेखि आन्दोलन थालेका हुन्।

प्रहरीले स्थानीयका घरभित्रै प्रवेश गरेर लाठी प्रहार गरेको थियो। बाटो बन्द गराएर आन्दोलनमा उत्रिएका स्थानीय र व्यवसायीले शंख बजाएर सरकारको विरोध गरेका थिए। प्रहरीसँगको झडपमा केही स्थानीय घाइते भएका छन्। आन्दोलनका कारण चुच्चेपाटी–जोरपाटी सडकखण्ड ठप्प छ। सवारी साधन चलेका छैनन्। जनता मार्न पाइँदैन, धुवाँ–धुलो उडाउने सरकार चाहिँदैन, ठेकेदारलाई कारबाही गरलगायतका नारा लगाउँदै आन्दोलनमा उत्रिएका छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: