श्रावण ८ गते, २०७६

विप्लव-प्रहरी मुठभेड : कताँ जाँदैछ देश ? अर्को जनयुद्धको त्रास

पटक हेरिएको

काठमाण्डौ । बुधबार विहान भोजपुरको शनिबारेमा प्रतिबन्धित विप्लव समूह र प्रहरीको मुटभेडमा प्रहरी सहित २ जनाको मृत्यु भयो। यो घटनाले नेपाली राजनिति वृतमा र समग्र मुलुकभर त्रासपुर्ण तरंग पैदा गराएको छ। विगतमा १० बर्ष जनयुद्धको पिडा खेपेका आम जनता विद्रोही समुहबाट सुरक्षाकर्मीकै मृत्यु हुने अवस्थासम्म पुग्दा समेत राज्य पक्ष गंम्भिर नभएको भन्दै सरकारको थप आलोचना बढेको छ।

बुधबार नेत्रविक्रम चन्द विप्लव समुह र प्रहरीविच दोहोरो भिडन्तमा प्रहरीकै मृत्यु भएको घटनाले राज्यलाई नै विप्लव समुहबाट सुरक्षा चुनौती थपिएको विश्लेषण हुन थालेको हो। सरकारले गत चैत भित्र वार्तामा आउन भन्दै विप्पलव समुहलाई प्रतिबन्धित गरे पछि,विप्लव समुहले पनि सोही समयसिमा दिदै प्रतिवन्ध हटाउन अल्टिमेटम दिएका थिए।

त्यो संगै सरकार विप्लव समुहविच बढेको दुरी अहिले झन् बढ्दै गएको छ। मुलुकमा सुरक्षाकर्मी मृत्यु हुने घटनासम्म भइ सक्दा समेत राज्य जिम्मेवार नभएको भन्दै सांसदहरुले सरकारको आलोचना गर्न थालेका छन्। समयमै राज्यले विप्लव समुहलाई वार्तामा नल्याइ बदलापुर्ण तरिकाबाट अघि बढे भविश्यामा थप गंम्भिर घटना बढ्न सक्ने संम्भावना रहेको भन्दै सरकार गंम्भिर हुनु पर्ने नेपाल प्रहरीका पुर्व डिआइजी हेमन्त मल्लको तर्क छ।

नेपाल प्रहरीले भने मुलुकको सुरक्षास्थितीलाई ध्यानमा राख्दै सुरक्षा सर्तकता बढाइएको दावी गरेको छ। केही घटना हुँदैमा आमजनता त्रसित हुनु पर्ने अवस्था नरहेको प्रहरीका सहायक प्रवक्ता रमेश थापा बताउँछन्।

हालसम्म प्रहरी मुडभेडमा विप्लवसमुहका ३ जनाको मृत्यु भएको छ। प्रहरीतर्फ हताहत भएको यो पहिला घटना हो। यस अघि गत जेठ ७ गते प्रहरीको गोली लागि विप्लव समूहका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको थियो।

गत असार ५ गते विप्लव समुहका सलार्ही इन्जार्च कुमार पौडेलको प्रहरी मुठभेडमा मृत्यु भएको थियो। बुधबार भोजपुरको घटनाले नेपाल प्रहरीलाई मात्रै होइन समग्र राज्यमाथि नै सुरक्षा चुनौती भने अवस्य बढाएको छ। यस्ता विषयमा सरकार गंम्भिर हुनै पर्छ र समस्याको समाधानको लागि उचित वातावरण तय गर्नु जरुरी छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: