श्रावण ३२ गते, २०७६

मुस्लिमहरूको महान् पर्व बकर इद मनाइँदै(फोटो फिचर)

पटक हेरिएको

काठमाडौं । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ। मुस्लिम धर्मावलम्बीहरूले इदपछिको ठूलो पर्व बकर इदमा ‘कुर्वानी गर्ने’ अर्थात् बलिदानीको पर्वका रूपमा मनाउने गर्छन्। इदको अवसरमा प्रदेश २ र ५ मा प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।

यस अवसरमा कतिपयले आफ्नो सबभन्दा ठूलो धार्मिकस्थल साउदी अरबको मक्का र मदिनामा गएर यो पर्व मनाउने गर्छन्। जसलाई हज भनिन्छ। आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ। घन्टाघरस्थित जामे मस्जिदमा पनि बिहानैदेखि भीड लागेको छ। नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: