भाद्र ३१ गते, २०७६

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आइपुगे (फोटोफिचर)

पटक हेरिएको

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर उच्चस्तरीय बैठकमा सहभागी हुन नेपाल आइपुगेका छन्। उनी बुधबार मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

नेपाल–भारत मन्त्रिस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकमा सहभागी हुनको लागि विदेशमन्त्री जयशंकर नेपाल आएका हुन्। उनले बैठक सुरु हुनुभन्दा अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीसँगको भेटवार्ता दिउँसो २ बजे तय गरिएको स्रोतले बताएको छ।

त्यसपछि दिउँसो तीन बजे होटल याक एण्ड यतीमा आयोजना गरिएको नेपाल -भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुने छन्। बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल बसाइको क्रममा विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने छन्। राष्ट्रपति भण्डारीसँग बिहीबार बिहान साढे १० बजे भेटवार्ता तय भएको छ। नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएयता भारतीय पक्षको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो।

Loading...

प्रतिकृया लेख्नुहोस्: