भाद्र ३१ गते, २०७६

आजको पत्रपत्रिका

पटक हेरिएको

काठमाडौं । नेपाल–भारत पेट्रोलियम पाइपलाइन उद्घाटन आजका सबै दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ। मंगलबार दुई देशका प्रधानमन्त्रीले स्विच थिचेर गरेको पाइपलाइन उद्घाटनलाई पत्रपत्रिकाहरूले विभिन्न शीर्षक दिएर उतारेका छन्।

कान्तिपुरले ‘अब पाइपबाटै तेल’ शीर्षक दिएर भारतबाट पाइपलाइनमा तेल भित्र्याउने योजना सम्झौताको १५ वर्षपछि पूरा भएको लेखेको छ। ‘२४ वर्ष अघि नै चर्चा सुरु भएको यो बहुप्रतीक्षित परियोजना नेपानल–भारतबीचको राजनीतिक र कूटनीतिक उतारचढावसँगै रुमल्लिइरहेको थियो । ढिलै भए पनि ६९ किलोमिटर पाइपलाइन बनेपछि यसले नेपाली बजारमा दूरगामी प्रभाव पार्ने भएको छ ।’

अन्नपूर्णले ‘पाइपबाट इन्धन’ शीर्षक समाचारमा ३० महिनाको लक्ष्य १७ महिनामै पूरा भएको लेखेको छ। सीमा क्षेत्रमा भइरहने अवरोधका कारण पेट्रोलियम पदार्थ हाहाकार हुने दिन सकिएको ठहर अन्नपूर्णको छ। पाइपलाइन उद्घाटनबारे मुख्य समाचार बनाएको राजधानीले दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन भएको जनाएको छ।

प्रचण्डका घरबेटीलाई मेलम्चीको ठेक्का

नागरिकले प्रचण्डका घरबेटी शारदा अधिकारीलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिएको लेखेको छ। ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको अधिकारीको सैलुङ कन्स्ट्रक्सनलाई ठेक्का दिएको भन्दै नागरिकले आलोचना गरेको छ।

नागरिकले लेखेको छ, ‘सैलुङले भारतीय सीआईपीईएलसँग ज्वाइन्ट दभेन्चरमा १ अर्ब ४१ करोड रुपैयाँको लागतमा एक सय पाँच किलोमिटर पाइपलाइन र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का पाएको छ। ३० महिना भित्र निर्माण सम्पन्न गर्नेगरी उसले ठेक्का पाएको हो ।

बिहेको ७ वर्षपछि नागरिकता

नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्ष पछि मात्रै नागरिकता दिनु पर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको कान्तिपुरले लेखेको छ।

समाचार अनुसार, विधेयकका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा महिनौंदेखि अड्किएको छ। विवादित विषयमा सहमति जुटाउन बनाइएको उपसमितिले समेत समस्या सुल्झाउन सकेको छैन ।

Loading...

प्रतिकृया लेख्नुहोस्: