भाद्र ३१ गते, २०७६

विदेशी ज्वाइँलाई नागरिकता दिन सकिन्न : सरकार

पटक हेरिएको

काठमाडौं । सरकारले तत्काल विदेशी ज्वाइँलाई नागरिकता दिने निर्णय गर्न नसकिने बताएको छ । नागरिकता विधेयकमाथि छलफल गरि रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा विदेशी ज्वाइँको नागरिकताबारे बहस भइ रहेको छ। नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्काल नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँत बिहे गर्दा नागरिकता नपाउने व्यवस्था विभेदकारी भएको महिला सांसदहरुको तर्क छ।

तर समितिको बैठकमा गृहसचिव प्रेमकुमार राईले विदेशी ज्वाइँलाई नागरिकता दिनेबारे तत्काल कुनै निर्णय गर्न नसक्ने बताए । विदेशी ज्वाइँलाई नागरिकता दिँदा कस्तो असर पर्छ भनेर अध्ययन गर्नपर्नु र यसका लागि ३/४ वर्ष समय लाग्ने उनले बताए । यद्यपि संसदीय समिति आफ्नो निर्णय गर्न स्वतन्त्र रहेको गृहसचिव राईले बताएका छन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: