कार्तिक ६ गते, २०७६

आजको पत्रपत्रिका

पटक हेरिएको

काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित पत्रिकाहरूले विविध विषय उठाएका छन् । कुनैले संवैधानिक अंगमाथिको हस्तक्षेपबारे लेखेका छन् भने केहीले नक्कली भ्याट बिल, मेडिकल शिक्षाका नाममा भइ रहेको चर्को शुल्क असुली, नेकपा विवाद, डेंगु संक्रमण ललगायत विषयलाई हेडलाइन बनाएका छन्।

‘सरकारको अंकुशमा संवैधानिक अंग’ शीर्षक दिएर नागरिकलले संवैधानिक अंगमाथि हस्तक्षेप हुन थालेको लेखेको छ । संवैधानिक अंगहरूलाई संविधानले दिएको अधिकारमा अंकुश लगाउँदै सरकारले अघि बढाएका विधेयकलाई संसदले समेत वैधानिकता दिँदै कानून बनाएको समाचारमा उल्लेख छ।

निर्वाचन आयोग, लोक सेवा आयोग, महालेखापरीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोगलगायतका संवैधानिक अंगलाई संविधानले दिएको अधिकारमा अंकुश लगाउने गरी कानून बनाउन थालेको भन्दै नागरिकले त्यसको आलोचना गरेको छ।

कृषि कर्जा दुरुपयोगबारे पनि नागरिकले एक रिपोर्ट छापेको छ । नागरिकका अनुसार डेढ वर्षको अवधिमा विभिन्न बैंकले कृषि क्षेत्रमा ३७ अर्ब १२ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यसमध्ये नेपाल राष्ट्रबैंकले एक अर्ब ५५ करोड रुपैयाँ अनुदान दिएको छ । तर, यो कर्जा किसानले पाए वा बिचौलियाको खल्तीमा भन्नेबारे अहिलेसम्म अनुगमन नगरिएको भन्दै नागरिकले यसबारे प्रश्न उठाएको छ।

पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापालाई वसुन्धारास्थित चिरायू अस्पतालमा राखिएको खबर पनि नागरिकमा पढ्न सकिन्छ। प्रहरीको केन्द्रीइ अनुसन्धान व्युरोको आफ्नै हिरासत भए पनि चिकित्सकको प्रेस्क्रिप्सन ल्याएर उनी सो अस्पतालमा भर्ना भएको समाचारमा उल्लेख छ। थापा केही समयअघि ठगीमा संलग्नको अभियोगमा पक्राउ परेका थिए ।

ललितपुरको सुनाकोठीस्थित नख्खुखोलामा मापदण्डविपरीत सञ्चालित प्लान्टको तस्वीर छापेको कान्तिपुरले नक्कली भ्याटबिलको फाइल सर्वोच्चले खोलेकोबारे प्राथमिकतापूर्वक समाचार छापेको छ । सर्वोच्चले करिब १ दशकअघिको चर्चित नक्कली भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरूको कर विवादसम्बन्धी मुद्दाको फाइल खोलेको हो ।

समाचार अनुसार, यस क्रममा सोमबार ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानासहितको इजलासले करिब डेढ दर्जन मुद्दा निरन्तर सुनुवाइका लागि आगामी मंसिर १ का लागि हेर्दाहेर्दैमा राखेको समाचारमा उल्लेख छ।

यसरी सुनुवाइ थालिएको मुद्दामा भाटभटेनी डिपार्टमेन्ट स्टोर, शंकर अक्सिजन, महेश बानियाँ, अरुण इन्टरकन्टिनेन्टल र एआईटी प्रालि जोडिएका मुद्दा छन् । मेडिकल कलेजको शुल्कबारे पनि कान्तिपुरले नजर लगाएको छ। कान्तिपुरका अनुसार, अधिकांश कलेजले चर्को शुल्क असुलिरहेका छन् ।

‘चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरूको चर्को शुल्क असुली यथावत् छ’, कान्तिपुरले आफ्नो लिडलाइनमा लेखेको छ।

कान्तिपुरका अनुसार चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरूले मनपरी असुलि रहेका छन्।

अन्नपूर्णले नेकपाको मधेस पार्टी कमिटी विवादबारे समाचार बनाएको छ । समाचचार अनुसार शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएकामे छ।

चिनियाँ जहाज बेच्न संसदीय समितिले दिएको निर्देशन, डेंगु नियन्त्रणमा देखिएको शिथिलता लगायत विषयलाई पनि आज अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: