आश्विन २९ गते, २०७६

संविधानको ४ वर्ष : संघीयता र धर्म निरपेक्षतामाथि किन प्रहार

पटक हेरिएको

काठमाण्डौ । मुलुकले नयां लोकतान्त्रिक संविधान पाएको आगामी अशोज ३ गते ४ बर्ष बित्दै छ। तर संविधान जारी भएको ४ बर्ष बित्दा समेत लोकतान्त्रिक संविधानले प्रत्याभुत गरेका हक अधिकार समेत कार्यन्वयनमा आउन नसक्नुले संविधानमाथि नै विभिन्न टिका टिप्पणी सुरु हुनथालेका छन् । संविधान जारी हुंदादेखि नै असन्तुष्ट मधेस केन्द्रित केही राजनितिक दलहरुले त सरकारले संविधान दिवस मनाउने तयारी गरीरहंदा त्यसको विरोध गर्ने तयारी गरेका छन्।

लामो राजनितिक संर्घष पश्चात २०७२ सालमा नेपालले नयां लोकतान्त्रिक संविधान संविधान पायो । त्यसकै आधारमा मुलुक अहिले संघीयतामा समेत गएर मुलुकमा तिन तहको सरकार संचालनमा छ।

तर मुलुकले र आम जनता भने आशा गरेका अनुसार परिर्वतन नपाएको भन्दै संविधान र गणतन्त्रमाथि नै अहिले विभिन्न प्रश्नहरु उठ्न थालेको छ। २०६२–६३ सालको जनआन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने बाटोमा भन्दा राजनितिक दलहरु आफ्नै स्वार्थसिद्धमा लागेकै कारण मुलुकले उल्लेख्य परिवर्तन गर्न नसकेको समेत आरोप लाग्न थालेको छ।

राजनीतिक दलहरुको स्वार्थ र नेताहरुको कमजोरीका कारण संविधान बलियो नदेखिएको संविधानविद्हरु बताउँछन्। जनतालाई पनि संविधानका बारेमा स्पष्ट पार्न नसक्दा विभिन्न किसिमका विरोधहरुले प्रश्रय पाएको संविधानविद चन्द्रकान्त ज्ञवालीको टिप्पणी छ।

सरकारले असोज ३ गते चौथो संविधान दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ। उता मधेसवादी दलहरु भने संविधान संशोधनको माग राख्दै विगतदेखि नै विभिन्न चरणमा विरोध गर्दै आइरहेका छन् । संविधान दिवसमा पनि विभिन्न विरोधका कार्यक्रम गर्ने तयारी गरेका छन् । चित्रबहादुर केसी लगायतका केही शत्तिहरु संघीयता नै खारेज गर्नुपर्ने माग गर्दै आइ रहेका छन्। कमल थापा, पशुपति शम्सेर राणा लगायतका शक्तिहरु राजा सहितको प्रजातन्त्र र हिन्दुराष्ट्र हुनुपर्ने अडानमा छन् ।

नेपालको संविधानलाई संसारकै उत्कृष्ट संविधान भएको दावी गरि रहँदा राजनीतिक दलहरुले कार्यन्यावनको पाटोलाई फितलो बनाउँदा विरोधीले बल पाएका छन् । जनतको हितमा आवश्यक परे संविधान संशोधन गर्न सकिन्छ र त्यसका लागि सबै एजुट हुनु जरुरी छ । तर आन्दोलनबाट प्राप्त व्यवस्था र प्रणालीमाथि नै हुने प्रहारका विरुद्ध भने दलहरु सचेत हुनु अत्यन्त जरुरी छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: