कार्तिक २५ गते, २०७६

आजको पत्रपत्रिका : कोशी ब्यारेजमा प्रहरी देखेपछि ५ किलो गाँजा फालेर तस्कर फरार

पटक हेरिएको

हनुमाननगर । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट आइतबार पाँच किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको टोलीले सो गाँजा बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरीलाई देखेपछि गाँजा बोकेको तस्कर फरार भएका छन्। बरामद प्रतिबन्धित लागुऔषध गाँजा आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय, भारदहमा बुझाइएको छ।

मन्त्रिपरिषद् पुनर्गठन तयारी

सीमा अतिmक्रमको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले गरेको धरपकडको तस्वीर छापेको कान्तिपुरले मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली लागेको लेखेको छ।

समाचार अनुसार प्रधानमन्त्रीले सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे आइतबार अर्का अध्यक्ष पुष्पमकल दाहालसँग छलफल गरेका छन्। यही विषयमा छलफल गर्न उनले सोमबार पार्टी सचिवालय बैठक बोलाएका छन्।

कान्तिपुरका अनुसार उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना छ।

जुवाडे अस्पतालमा

जुवाडे अस्पताल भर्ना भएको खबर नागरिकमा छ। नागरिकका अनुसार कात्तिक ९ गते महाराजगञ्जस्थित एक घरबाट समातिएका जुवाडे अस्पताल भर्ना भएका छन्। जुवाडे अस्पताल भर्ना भएपछि कारबाही अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ।

तिहारका बेला महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीलले २५ जनालाई एउटै घरबाट पक्राउ गरेको थियो। उनीहरू बिरामी परेपछि प्रहरीले लैजाने र ल्याउने गरेको छ। केही बिरामीको अवस्था गम्भीर देखिएकालले अस्पताल भर्ना गरिएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: