मंसिर ४ गते, २०७६

आजको तपाईको राशिफल

पटक हेरिएको

मेष : दिन भाग्योदयकारक छ। कार्यप्रगतिमा तीव्रता आउनेछ। आफ्नो उत्कृष्ट मूल्याङ्गन हुनेछ। अत्यन्त उत्साहित भइनेछ। पढाइले गति लिनेछ।

वृष : दिन प्रतिकूल छ। आँटे ताकेको काममा व्यवधान आउनसक्छ। उच्च खर्च र बड्प्पनले प्रभावित पार्नसक्छ । महत्वपूर्ण काममा हात नहाल्नु बेस हुनेछ।

मिथुन : दिन लाभदायक छ। प्राविधिक पक्षबाट लाभ मिल्नेछ। स्पष्ट अभिव्यक्तिले व्यक्तित्व प्रकाशित पार्नेछ। लाभदायक काम बन्नेछ।

कर्कट : दिन अत्यन्त उत्तम छ। आँटेको काममा सफलता मिल्नेछ। सामाजिक कामबाट प्रशंसित भइनेछ। दीर्घकालीन कार्ययोजना तय हुनेछ।

सिंह : दिन सार्थक छ। आध्यात्मिक कार्यमा प्रगति हुनेछ। आफन्तबाट सहयोग पाइनेछ। दानपुण्य गरिनेछ। मन रमाउनेछ। शरीर स्वस्थ रहनेछ।

कन्या : दिन सावधानयोग्य छ। मन विथोलिन सक्नेछ। कामप्रति रूचि घट्नेछ। ठूलो लगानीको काममा हात नराख्नु बेस हुनेछ। अनावश्यक घमण्ड बढ्न सक्छ।

तुला : दिन अत्युत्तम छ। यात्राको योग छ। सन्तान सुख मिल्नेछ। व्यापार व्यवसाय फस्टाउनेछ। प्रियजनसँग भेटघाट हुनेछ। रमाइलो वातावरण बन्नेछ।

वृश्चिक : दिन उचित छ। शत्रु परास्त हुनेछन्। कार्य सम्पादनमा गति थपिनेछ। सहकार्यमा लाभ मिल्नेछ। महत्वपूर्ण काम बन्नेछ। मावलीबाट सहयोग मिल्नेछ।

धनु : दिन उचित छ। मनमा चिन्ता निकै कम हुनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। बुद्धिवर्धक काम गरिनेछ। शरीर स्वस्थ रहनेछ।

मकर : दिन नितान्त प्रतिकूल छ। मनमा भय र त्रास पैदा हुन सक्नेछ। ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुने देखिन्छ। धैर्य गर्नु पर्नेछ।

कुम्भ : दिन अनुकूल रहनेछ। विशेष क्रियाशीलता र व्यस्तता बढ्नेछ। सामाजिक काममा संलग्न भइनेछ। यश पाइनेछ। दायित्व थपिनेछ।

मीन : दिन उत्तम खालको रहनेछ। धनधान्य र मधुर वाणीले परिपूर्ण गराउनेछ। मिष्ठान्न भोजन प्राप्त हुन सक्छ। स्वास्थ्य पनि तन्दुरुस्त रहनेछ।

Loading...

प्रतिकृया लेख्नुहोस्: