मंसिर ४ गते, २०७६

विद्यार्थीहरुद्धारा चितवन मेडिकल कलेजमा तालाबन्दी

पटक हेरिएको

चितवन । चितवन मेडिकल कलेज (सीएमसी) का विद्यार्थीहरुले कलेजले तोकेको समयसीमा कट्दा पनि अतिरक्त शुल्क नपाएपछि कलेजमा ताला लगाएका छन। गत असोज ४ गते जिल्ला प्रशासन कार्यालयमा भएको सहमतिअनुसार काम नगरेको भन्दै आइतबारदेखि भरतपुरको कैलाशनगरस्थित कलेजमा ताला लगाएका हुन्।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले आइतबार एक विज्ञप्ति जारी गर्दै शुल्क फिर्ता वा समायोजनको माग पूरा नभएसम्म अनिश्चितकालीन तालाबन्दी गरिएको बताएका छन्। चन्दद्वारा जारी विज्ञप्तिमा लेखिएको छ–गत असोज ४ गते जिल्ला प्रशासन कार्यालयमा चिकित्सा शिक्षा संघर्ष समिति, अभिभावक, कलेज प्रशासन र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतको उपस्थितिमा भएको सहमति उल्लंघन भएको आजैबाट अनिश्चितकालीन तालाबन्दी गरिएको छ।”

कलेजले अवैधानिक रुपमा अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरु तीनदिनदेखि आन्दोलनरत छन्। कलेजले विद्यार्थीहरुबाट अतिरिक्त लिएको शुल्क फिर्ता नदिने तर समायोजन गर्न सकिने बताउँदै आएको छ। अतिरिक्त सबै रकम कलेजको कारोबारमा दाखिला भइसकेको र कर तथा अडिटसमेत भइसकेको भन्दै कलेजले फिर्ता दिन नसक्ने बताएको हो।

Loading...

प्रतिकृया लेख्नुहोस्: