श्रावण ८ गते, २०७६

प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ : झलनाथ खनाल

पटक हेरिएको

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले सदन भित्र प्रधानमन्त्रीलाई प्रश्न सोध्न नमिल्नेले राजिनामा दिए पनि हुने बताएका छन्। पत्रकारहरुसँग कुराकानी गर्दै खनालले संसदको मर्यादा र नियमवाली भित्र रहेर प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनुपर्ने बताएका हुन्।

उनले सदनमा मुख्य भूमिका प्रतिपक्षीकै हुने भन्दै प्रतिपक्षीको भावनालाई सम्मान गर्नु पर्ने तर्क गरे। खनालले संसदमा रहेको विधि अनुसार सबैले आफ्नो धारणा राख्न पाउने बताए। उनले प्रतिपक्षीले सदनलाई गतिदिन सक्नुपर्ने बताउनु भयो । वाइडबडीको विषयमापनि प्रक्रिया अघि बढिरहेको भन्दै हत्तारिने अवस्था नरहेको उनले बताए।

यसै गरी, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सदनमा प्रश्न गर्ने दिने वा नदिने भन्ने अधिकारी सभामुखलाई भएपनि लोकतान्त्रिक पद्धती अनुसार सदनमा खुल्ला बहस हुनुपर्ने तर्क गरे।

यस्तै, कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री ओलीलाई सदनमा सम्बोधन गर्न दिने तर, विपक्षीलाई प्रश्न गर्न नदिने सभामुख कृष्णबहादुर महराको एक पक्षीय व्यवहारका कारण विरोध गर्नु परेको बताए। सार्वजनिक महत्वको वक्तत्वमा प्रश्न गर्न नदिनु संसदको मर्यादाको हनन भएको उनको भनाइ छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: