जेष्ठ ९ गते, २०७६

केपि ओली प्रधानमन्त्री रहुन्जेल देशमा विकास हुदैंन : माधव नेपाल

पटक हेरिएको

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कटाक्ष गरेका छन् । त्यति ठुलो प्रकरणमा दोषि देखिएका भ्रष्टाचारी पर्यटन मन्त्रि रविन्द्र अधिकारीलाई बर्खास्त गनु पर्ने बताएका छन् ।

स्रोतका अनुसार नेता नेपालले आज आफूनिकट नेताहरु सँग गोप्य छलफल गरेका छन् । उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई कारबाही गर्छु भनेर सार्वजनिक रुपमा बोले पनि व्यवहारमा त्यस्तो नगरेको पनि गुनासो पोखेका थिए । त्यसैले केपि ओली प्रधानमन्त्रि रहुँन्जेल देश विकास नहुने बताएका छन् ।

वाईडबडी जहाज खरिद प्रक्रियाको अनियमिततामा बहालवाला मन्त्री रवीन्द्र अधिकारीको प्रत्यक्ष संलग्नता देखिई सक्दा पनि ओलीले उनलाई कारबाही नगरेको भन्दै नेता नेपालले आज आक्रोश पोखेका हुन् ।

उनले मन्त्री अधिकारीसहित पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नु पर्ने आवाज उठाएका छन्। यत्रो विरोध हुँदापनि अहिलेसम्म मन्त्री अधिकारीलाई नहटाएकोमा नेता नेपाल रुष्ट छन् ।

प्रतिकृया लेख्नुहोस्: